समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महोत्तरी । महोत्तरीमा पिकनिक मनाउन भारतीय सीमानाकामा गएका एक युवामाथि बुधबार साँझ गोली प्रहार भएको छ ।

जलेश्वर नगरपालिका–५ विषणपुरका श्यामसुन्दर कापरका १६ वर्षीय छोरा अक्षय कापरमाथि गोली प्रहार भएको हो । उनी आफ्ना साथीहरूसँग सोही वडाको भारतसँग जोडिएको क्षेत्रमा पिकनिक खान गएका थिए । पिकनिकमा रमाइलो गरिरहेका बेला अचानक गोली लागेर कापर घाइते भएको प्रहरीले जनाएको छ । 

घाइते कापरलाई तत्काल जलेश्वर अस्पताल पुर्‍याइएकोमा त्यहाँ उपचार सम्भव नभएपछि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको थियो । कापरको अवस्था थप नाजुक बन्दै गएपछि उनलाई विराटनगर वा अन्यत्र लाने तयारी भइरहेको प्रहरीले जनाएको छ । कापरले गोली चलाउनेको नाम किटान गरे पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । घटनालगत्तै इन्स्पेक्टरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर छानविन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here