समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । महोत्तरीको भंगहा नगरपालिकामा ११ दिनमा १२ जनाको विशाक्त मदिना सेवनबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले पुष्टि गरेको छ ।

भंगहा नगरपालिकाको वडा नम्बर ७ को गोरहन्ना र बर्दिबास नगरपालिकाको वडा नम्बर ४ जुरीमा भएको १२ जनाको मृत्युको कारण विशिाक्त मदिरा नै रहेको स्वास्थ्य विज्ञहरुको टोलीले ठहर गरेको छ ।

१२ दिनमा १ जना महिला सहित १२ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नागेन्द्र चौधरीले बताए ।

यसअघि फागुन महिनाको अन्तिम हप्तामा अवैध मदिरा सेवनबाट धनुषाको क्षीरेश्वरनाथ नगरपालिका अन्तर्गत रमदैयामा २१ जनाको मृत्यु भएको थियो । भंगहा नगरपालिकाबाट नै अवैध मदिरा ल्याएर रमदैयामा बिक्री गरिएको आरोपमा प्रहरीले भंगहाका एकजनालाई पक्राउ समेत गरेको थियो ।

यो समाचार आजको जनकपुरटुडे दैनिकमा छापिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here