सांकेतिक तस्वीर मात्र ।
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा बम विस्फोट भएको छ।

मंसिर १४ गते हुन लागेको उप निर्वाचनमा नेकपाको तर्फबाट गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदार बनेका विक्रम यादवको वडा नं ४ मा रहेको घरमा बम विस्फोट भएको हो।

बम विस्फोटको समयमा महोत्तरीका प्रमुख जिल्ला अधिकारी, प्रहरी तथा सशस्त्र प्रहरीका एसपीलगायत सोही ठाउँमा रहेका थिए।

उपनिर्वाचनको मौन अवधि सुरु भएपछि प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलगायतको टोली अनुगमनमा पुगेको थियो।

अनुगमन टोली उम्मेदवार यादवको घरमा पुगकै समयमा कुकर बम विस्फोट भएको हो।

बिस्फोटबाट कुनै मानवीय क्षति भएको छैन। यादवको घरको पर्खाल भत्किएको छ भने बम विस्फोट कसले गरायो भन्नेबारे पनि खुल्न सकेको छैन।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here