समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महोत्तरी । महोत्तरीबाट ठुलो मात्रामा लागु औषधसहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ । सशस्त्र प्रहरी ९ नं गण जलसागरले चेकजाँचका क्रममा आइतबार विहान भारतको मधुवनी जिल्ला मधवापुर वडा नं १ विरोकर बस्ने १९ वर्षीय राकेश कुमार महतोलाई पक्राउ गरेको हो । 

मठियानीबाट जलेश्वरतर्फ जाँदै गरेका महतोलाई सशस्त्र प्रहरीले जेकजाँच गर्दा उनको साथबाट promocethzine नाम गरेको सुई ३ सय थान buprenorphine सुई २ सय ९४ थान Diazepam नाम गरेको सुई २ सय ९५ थान  बरामद गरेको सशस्त्र प्रहरी ९ नम्बर गणका गणपति निरकृष्ण अधिकारीले बताए ।

बरामद लागुऔषध र महतोलाई आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालय महोत्तरीमा पठाइएको प्रहरीले जानकारी दिएको छ । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here