तस्वीर : बिनय यादव
समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर भेटिएको शंकास्पद बस्तु झोला भित्र आलु र तराजु भेटिएको छ ।

बेबारिसे अवस्थामा हिजोदेखिनै धनुषाको महेन्द्रनगरमा राखिएको सो बेबारिसे बोरामा आलू र तराजू फेला ईलाका प्रहरी कार्यालयले जनाएको छ ।

हिजोदेखि नै बेबारिसे अवस्थामा बोरा देखिएपछि शंकास्पद भनिएको तथा बोरामा विस्फोटक पदार्थ हुन सक्ने अनुमान गरिएपनि नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गरेपछि त्यसमा आलू र तराजू भेटाएको छ ।

केही दिन अगाडी भएको शक्तिशाली बम विस्फोटपछि धनुषाको विभिन्न स्थानमा शंकास्पद वस्तु देखिएपछि प्रशासन चौकन्ना हुँदै आएको छ । विस्फोटमा परी एक प्रहरी ईन्सपेक्टर सहित दुई सर्वसाधारणको ज्यान गएपछि शंकास्पद वस्तु देख्ने वित्तिकै नेपाली सेनालाई खवर गर्ने गरेको छ ।

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगर स्थित मँगलबारेदेखि नै बेबारिसे अवस्थामा राखिएको बोरामा विस्फोटक पदार्थ तथा बम हुन सक्ने आशंकामा सुरक्षा निकाय गम्भिर भएको थियो । बोरामा आलू र तराजु मात्र भेटाएपछि त्यहाँको जनजीवन समान्य बनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here