समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मंसिर २७ गते धनुषाको महेन्द्रनगरमा भएको विस्फोटमा संलग्न अभियुक्तहरु पता लागेको छ ।

जिल्लाको महेन्द्रनगरमा प्रहरी निरीक्षक अमिर दाहालसहित ३ जनाको ज्यान जाने गरी भएको बम विस्फोट घटनाका अभियुक्तहरु पत्ता लागेको हो । मङ्सिर २७ गते राति टाइम बम प्रयोगगरी घटना घटाउने मुख्य योजनाकारसहित संलग्न करिब ९ जनाको पहिचान भइसकेको प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्नकुमार कार्कीले जानकारी दिएका छन् ।

बिप्लव समूहको खोल ओढ्ने अपराधिक समूहले लेनदेनकै कारण टाइम बम विस्फोट गराएको डिआइजी कार्कीले बताए ।‘विप्लवको खोल ओढेर धम्क्याउने, पैसा उठाउने र अपराधी क्रियाकलाप गर्ने मान्छेहरु हुन् । पैसा टन्नै थियो,पटकपटक वार्न गरेको देखिन्छ,’ उनले भने, ‘वार्न गरिसकेपछि टसनको लागि बम राखे ।

त्यहीबीचमा मान्छे त्यहाँ पुग्यो टाइम,पुगिसकेपछि विस्फोट भयो,कसैले छोएर वा उचालेर बम पडकेको होइन ।’ बम राख्नुअघि पटकपटक घरधनी राजेश साहलाई धम्की दिइएको अनुसन्धानबाट खुलेको प्रहरी नयाब महानिरिक्षक प्रद्युम्न कार्कीले पहिलोपोस्टलाइ बताए । आर्थिक कारोबारकै कारण घटना घटाइएको उनको भनाइ छ । घटनामा संलग्नमध्ये ५ जना अभियुक्त पक्राउ परेका छन्

तर, घटनाका मुख्य योजनाकारसहित संलग्न अन्य ४ अभियुक्त फरार रहेको कार्कीले बताए । घटनाको अनुसन्धानको क्रममा ५ जनालाई नियन्त्रणमा लिइ कर्तब्यज्यान बिस्फोटक मुद्दा दायर गरि अनुसन्धान गरिरहेको कार्कीले बताए । प्रदेश प्रहरी कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय धनुषा, केन्द्रिय अनुसन्धान ब्युरो र इलाका प्रहरी कार्यालयबाट अनुसन्धानका लागि गठन गरिएको टोलीले संयुक्त रुपमा विभिन्न कोणबाट घटनाको अनुसन्धान गरिरहेको डिआइजी कार्कीको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here