समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधम । बमको त्रास नमेटिदै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा फेरि शंकास्पद बस्तु भेटिएको छ ।

उक्त शंकास्पद बस्तु महेन्द्रनगरको सखुवा चोकस्थित बस स्ट्याण्ड नजिक भेटिएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् । प्रहरी निरीक्षक नायकका अनुसार शंकास्पद बस्तु कालो ब्याग जस्तो देखिएको जनाएका छन् । कालो ब्याग कुनै यात्रुको छुटेको समान पनि हुन सक्ने अनुमान गरिएपनी गत मंसिर २७ गते घटेको घटनाले सबैलाई भयभीत बनाएको उनले बताएका छन् । त्यसैले महेन्द्रनगर स्थित रहेको नेपाली सेनालाई जानकारी गराएका छौ यथार्थ यकिन गरि डिस्पोज गर्ने तयारी गरिरहेको प्रहरी निरीक्षक नायकले बताए ।

अहिले प्रहरीले सडक खाली गराएको छ ।

तस्वीर : न्युजब्युरो

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here