समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा फेरी शंकास्पद बस्तु भेटिएको छ ।

महेन्द्रनगरको सखुवा चोक स्थित रहेको एनआईसी एसिया बैंक नजिकै बोराको झोलामा हिजोदेखिनै शंकास्पद बस्तु राखिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जनाएको छ ।

केही समय अघि महेन्द्रनगरमा भएको शक्तिशाली बम बिस्फोटबाट आतंकित स्थानीय बम हुन सक्ने आशंकामा त्रसित छन् । यता प्रहरीले उक्त बस्तु कसैको छुटेको सामान वा बिस्फोटक पदार्थ वा बम हुन सक्ने आशंकाका आधारमा आवतजावतमा पनि रोक लगाईएको छ ।

प्रहरीले स्थानीहरुलाई सचेत गराई धेरा हालेका छन् ।

घटनास्थलमा नेपाली सेनाको बम निस्कृय टोली समेत पुगिसकेका छन् । उनीहरुले निस्कृय गरिरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here