समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १६ माघ ।
धनुषाको महेन्द्रनगरमा पहिलो पटक फेसन सो हुने भएको छ । फेसन सो रिभोलुसन नेपालले आयोजना गर्ने भएको छ ।
उक्त सो का लागि यहि शनिबार बिहान ११ बजेदेखि अडिसन हुने भएको छ । फेवरवी १४ मा भ्यालेनटाईको अवसरमा हुन गईरहेको फेसन सो मा चर्चित फेशन डिजाइनरहरुको ड्रेस डिजाइनमा र्याम्पमा मोडलहरुलाई उतार्न लागिएको छ । यस फेशन शोमा सेलेब्रेटी मोडल र नायिकाहरुको समेत उपस्थित रहने जानकारी आयोजक संस्थाका आशिष नेपालले जानकारी दिएका छन् ।
उक्त फेसन सोमा सांगीतिक कार्यक्रमको समेत हुने भएको छ । फ्रेश मोडलहरुलाई लिएर गर्न लागिएको यस फेसन सोमा ट्रेनीङको साथमा प्रतियोगीहरुले गिफ्ट ह्याम्पर्स, फोटो सुट चलचित्र, म्युजिक भिडियोहरुमा समेत अभिनय गर्ने मौका पाउने भएका छन ।
प्रतियोगीहरुले विश्वमा फेसनको कस्तो ट्रेण्ड चलिरहेको छ भन्ने पनि थाहा पाउँछन् भने अरूबाट आफूले सिक्ने र आफ्ना चिज अरूलाई देखाउने प्लाटफर्म बन्न सक्ने नेपालले जनाएका छन् ।