समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नगरपालिका अन्तर्गतका महिला स्वास्थ्य स्वयंसेविकालाई धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाले प्रोत्साहन भत्तामा बृद्धि गर्ने भएको छ ।

साविकमा गाउँ विकास समिति हुँदा गाउँ गाउँमा र हाल नगरपालिका हुँदा विभिन्न टोल टोल र घर घरमा बालबालिका तथा महिलाहरुलाई दिनरात हेरचाह गर्ने महिला स्वयंसेविलाई प्रोत्साह भत्तामा बृद्धि गर्ने नगर प्रमुख योगेन्द्र पजियारले बताएका छन् ।

महिला स्वयंसेविकाहरुले विगतमा पाउँने १ हजारलाई बृद्धि गरी मासिक १ हजार ५ सय दिने महिला स्वास्थ्य स्वयंसेविका दिवसका दिन घोषणा गरेका छन् । उनले नगरबासीका लागि दिनरात मिहिनेत गर्ने महिला स्वंयसेविकाहरुलाई १ हजार निकैनै कम रहेको हुँदा यस बर्ष ५ सय बृद्धि गरी १ हजार ५ सय र अघिल्लो बर्षहरु अझै थप गरी उहाँहरुलाई आफ्नो काम प्रति झन आकर्षित गराउने बताए ।
मेयर पजियारले अहिले बजार महंगी बढिरहेको बेला निजहरुले पाउने भत्ता निकै कम रहेको प्रति चासो राखी प्रोत्साहन भत्ता बृद्धि गर्ने प्रतिबद्धता जनाए ।

नगरपालिकाले स्वयंसेविका दिवसका दिन आयोजना गरेको कार्यक्रम गत बिहिबार भव्यताका साथ सम्पन्न भयो । नगरपालिका स्वास्थ्य संयोजक भेक्टर कन्ट्रोल निरीक्षक राम बहादुर यादवको संयोजकत्वमा सम्पन्न कार्यक्रममा नगरपालिका भरीका महिला स्वयंसेविकाको सहभागिता रहेको थियो ।

स्वास्थ्य संयोजक यादवले महिला स्वास्थ्य स्वयंसेविकालाई आफ्नो कार्यक्षेत्रमा लगनशिलता पूर्वक कार्यभार निर्वाह गर्न आग्रह गरे । उनले स्वयंसेविकाहरु आफ्नो कार्य लगनशिलता पूर्वक निर्वाह गरे अगामी दिनमा उहाँहरुको हकहितको लागि विभिन्न सेवा सुविधा उपलब्ध गराउन कटिवद्ध रहने प्रतिबद्धता जनाए । यादवले उनीहरुलाई खोप, परिवार नियोजन, भिटामिन ए, गर्भवति र सुत्केरी आमाहरुलाई स्वास्थ्य संस्थामा गई स्वास्थ्ज जाँच गराईदिन आग्रह गर्दै सम्पूर्ण गर्भवति महिलाहरुलाई वर्थिङ्ग सेन्टरमै सुत्केरी गराउनको लागि विशेष पहल गरिदिन अनुरोध गरे ।

महिलाहरुले ‘गाउँ नगरमा महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्य प्रवद्र्धनमा अहम भुमिका’ नारा लेखिएको प्लेकार्ड नगरपालिकाका बजार क्षेत्र महेन्द्रनगरमा प्रदर्शन गरेका थिए । नगरपालिकाबाट उनीहरुलाई थप प्रोत्साहन भत्ता पाउँने भएपद्धि हर्षित भएका थिए ।

कार्यक्रममा सहभागि महिला स्वयंसेविकाहरुले हामीहरुलाई गत विगत बर्षदेखि हुँदै आएका अर्धवार्षिक बैठक र लुगा भत्ता समेत उपलब्ध गराईदिन आग्रह गरे ।

साथै कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उमेशलाल कर्ण, लेखा अधिकृत प्रमोद कुमार घिमिरे लगायतका उपस्थिती रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here