समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम ३ माघ ।

मलेशियामा ४ महिन देखिअलपत्र परेका अलपत्र परेका नेपाली कामदार नरेन्द्र  थापा मगर स्वदेश फर्केका छन् ।   

 दैलेख जिल्ला गुराँस गाउँपालिका-५ निबासी नरेन्द्र थापा मगरको  बिगत २ साता देखि थालिएको अभियानले सार्थकता पाएर “गैर आवासिय नेपाली संघ” जोहोर राज्यसमिती को पहलमा र मलेशिया स्थित नेपाली राजदुतावास को विशेष सहयोगमा बुधबारको नरेन्द्र नेपाल फर्केका NRNA जोहोरको कार्यकारी अध्यक्ष हरि बहादुर बस्नेतले जानकारी दिए ।

करिब १० महिना अगाडि नेपालबाट मलेशियाको  जोहोर शहरको चेम्बेरलाङ स्थिति MEIBAN TECHNOLOGIES SDN BHD मा गएको थियो । आएको ६ महिना पश्चात् आफ्नो मान्सिक असन्तुलन बिग्रेर नरेन्द्र अलपत्र परेका थिए , त्यसपश्चात  नरेन्द्रको  खोजि कार्यलाई तिब्रता दिइयो । धाधिङ्ग निबासी हाल मलेशियामा बस्ने कुमार तमाङ्गले  नरेन्द्र लाई अलपत्र अबस्थामा थिए , र उनले आफनो कोठामा ल्याएपछि हामीलाई सम्पर्क गर्नु भो र हामी ले नरेन्द्र को शारीरिक अबस्था अति नै दयनिय देखेर NRNA को तर्फबाट २ जोर लुगा , जुत्ता अनि एउटा झोला नरेन्द्र लाई दियौ उहालाई  यहाँ सम्म पुराउनु डाङ्गी घमन्डा, भवानी डाङि र समाजसेवी रमेश कुमार थारु नेपाल बाट विभिन्न भुमिकाबाट सहयोग गर्ने बिष्णु शर्माले सहयोग गरेको छ।

त्यसैगरि परराष्ट मन्त्री प्रदिप ज्ञावली,  नेपाल पर्यटन पत्रकार महासंघका कर्णाली प्रदेश अध्यक्ष अशोक कुमार सिंह, बैदेशिक रोजगार प्रर्बद्धन बोर्ड, काउन्सुलर बिभाग लगायतका नेपालका निकायहरुले छिटो छरितो कामको थालनी गरेको थियो साथै प्रतिनिधि सभा सदस्य माननीय पार्वती बिसुन्केले लगातार तीन दिन देखि यो अभियानमा साथ र सहयोग गरेको थियो र नरेन्द्र थापाका भतिजा बिसाल थापा समेत अभियानमा धेरै सहयोग गरेको थियो । दैलेख घर भएर हाल मलेसियामा कार्यरत तेजबहादुर कार्की, अलपत्र परेका आम नेपालीहरुको उद्धारमा सँधै खटिने मित्र रमेश कुमार पलेयार थारु लगायत अन्य सम्पूर्ण सुभचिन्तकहरु दैलेखमा रहेर निरन्तर आफन्तहरुसँग समन्वय गरेर खवर आदान प्रदान गर्ने महिला सशक्तिकरण मञ्च दैलेखकी अध्यक्ष सुनिता चन्द, गुराँस गाउँपालिका, वडा नं५ का वडा अध्यक्ष लगायत सम्पूर्ण शुभचिन्तकहरुमा हार्दिक आभार प्रकट गरे ।

साथै नरेन्द्र लाई नेपाल फर्काउन को लागि कहिल्यै भुल्न नसकिन सहयोग गर्ने सहयोगी  मन हरु र एक हप्ता को कानुनी प्रक्रिया र यहाँ तिर्नु पर्ने रकम ११०० रिङ्गेट साथै टिकट  उपलब्ध गराई अतुलनीय सहयोग गरि आप्नो अभिभावकत्व पूरा गर्नु हुने सबै नेपाल एम्बिसी मलेसियाका कर्मचारीहरु मा हार्दिक आभर प्रकट गर्दै अर्जुन अनुरागीले धन्यवाद दिए र आउँदा दिन हरु पनि यदि अरु नेपाली दाजुभाइ दिदिबहिनीहरुमा पनि समस्या परे “गैर आवासीय नेपाली संघ “(NRNA )जोहोर राज्यसमिती मलेशिया यस्तै भुमिका निरन्तरता दिनेछ। नरेन्द्र नेपाल पुगेपछि  उनलाई नेपालमा उपचार, उनका छोराछोरीको लालनपालनको व्यवस्थापनका लागि स्थानीय सरकारको अँझै धेरै जिम्मेवारी हुने कुरा NRNA जोहोर को सचीव अर्जुन सिंह अनुरागिले जानकारी दिएका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here