समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मेलबर्न(अस्ट्रेलीया) । अस्ट्रेलियाको भिक्टाेरियामा रहेकाे मधेशीहरुकाे संस्था मधेशी कम्युनिटी इन भिक्टाेरियाकाे अध्यक्षमा डा सुरेन्द्र राैनियार चुनिएका छन् ।

१४ डिसेम्बर आइतवारकाे दिन मेलबर्नमा भएकाे संस्थाकाे तेस्राे साधारण सभा मार्फत डा राैनियार दाेस्राे कार्यकालकाे लागि निर्विराेध अध्यक्षकाे रुपमा चुनिएका हुन् ।

डा. राैनियारकाे अध्यक्षतामा बनेको नयाँ कार्यसमितिकाे उपाध्यक्षमा गोपाल कुमार शाह, सचिवमा सन्तोष कर्ण, कोषाध्यक्षमा प्रमोद पटेल रहेका छन् । त्यस्तै समितीका सदस्यहरुमा डा. जय चन्द्र झा, रिना देव, सन्जिव कानु, नविन नायक, पंकज सरदार, प्रकाश कर्ण, रजनिस शाह र धिरेन्द्र कुमार यादव रहनु भएको छ । संस्थाको सल्लाहकारमा भने पवन साह, डा. पंकज देव र राजिव महतो रहेका छन् ।

मिडिया र आइटि काेअर्डिनेटरकाे जिम्मेवारी हरिराम (प्रमाेद) साेनीले पाएका छन् भने महिला विभागकाे जिम्मेवारी जयन्ति गुप्ता साह र विद्यार्थी विभागकाे जिम्मेवारी चन्दन कुमार साहले पाएका छन् ।

सन् २०१४ मा स्थापना भएकाे मधेशी कम्युनिटी इन भिक्टाेरियाले अष्ट्रेलियामा मधेशकाे परम्परा, संस्कृति, भेषभुषा, चाडपर्व आदीलाई प्रबर्धन गर्दै आइरहेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here