समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
मनाेज साह । नेपालको राजनीतिमा फड्को मार्नेको कमी छैन । तर सत्यको पक्षमा लडेर बर्बाद भएको पनि धेरै छैन । प्रायःजसो ठूलो माछाले सानो माछालाई खाईदिने प्रवृती झैँ ठुल्लो नेताले सानो नेतालाइ बेवास्ता गरि पच्छौटे बनाउने प्रवृती जगजाहेर छ ।
नेपालको इतिहासमा मधेशीको हक अधिकारको लागी स्व.गजेन्द्र नारायण सिंहले ‘जब तक शोषित इन्सान रहेगा धर्तिपर तुफान रहेगा’ भन्दै शोषन उत्पीडनमा परेका जनताहरुलाई सम्मान अधिकार प्राप्तिको उद्देश्य राखी सदभावना पार्टीको जन्म दिएका थिए। यसै एजेन्डालाई कायम राख्दै अहिले राजेन्द्र महतोले मधेशको राजनीतिमा होमिदै आज नेपालको राष्ट्रिय राजनीतिमा स्थापित हुन सफल भएका छन् ।
६ वटा मधेश केन्द्रित दल एक ढिक्का भई एउटा राजपा गठन भएको थियो । तर महतोले लगभग २ वर्ष देखि राजपा र समाजवादीलाई पनि मिलाएर पार्टी एकताको लागि पटकपटक प्रयास गर्दै आएको पनि देखिएकै हो र महतोलाई नै समाजवादी पार्टीसँग वार्ता गरि पार्टी एकता गर्ने गराउने जिम्मेवारी पनि राजपाले सुम्पेको कुरा जगजाहेर छ । सबैलाई अवगतै हुन।
स्थानीय निर्वाचन पश्चात् आम मधेशी जनताको चाहना सबै मधेशी दल एक ठाउँमा हुनुपर्ने जनआवाज गुन्जिन थाल्यो तर पनि समाजवादी पार्टी र राजपा एक ढिक्का हुन सकेन । तर प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा चुनावी तालमेल भएपनि पार्टी एक भने हुन सकेनन । फेरिपनी पार्टीबाट पार्टी एकताको जिम्मेवारी पाएका महतोले दुबै पार्टीलाई एकताको नजिक पुगेर पनि एकता प्रक्रिया अड्किएको बेला वर्तमान अवस्थामा समाजवादी पार्टीका मधेशी सपूत जसलाई तल्लो दर्जाको दृष्टिकोणले हेर्थ्यो आज आफ्नो अधिकारको लागि माथिल्लो स्तरको ठान्ने नेतालाई मात्र एक रातमै पार्टी एकता गर्न बाध्य बनाउने त्यो असन्तुष्ट मधेसी सपुतको नेतृत्वलाई सलाम छ । आजसम्म समाजवादी पार्टीमा आफुलाई मै हुँ ठान्ने मसिहालाई कसैले डयासिङ दिन सकेको थिएन तर एक रातमा ‘तु करे तो राशलिला मै करु तो क्यारेक्टर ढिल्ला’ झैँ गराइले सार्थकता एवम उपलब्धिमुलक जनता समाजवादी पार्टी नेपाल उदय भएको छ ।
लेखकको यो व्यक्तिगत विचार रहेको छ । लेखक राजपा नेपालका युवा नेता तथा जनकनन्दनी गाउँपालिकाका स्थानीय बासी समेत हुन् ।