समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सप्तरी । सप्तरीमा १४ वर्षीया एक दलित बालिकाको बलात्कार भएको छ । गत बुधबार मदिरा खुवाएर बलात्कार गरिएको घटना ढिलो गरी सार्वजनिक भएको हो ।

तिलाठी कोइलाडी गाउँपालिका–७ वभनगामाकट्टीस्थित लक्ष्मीवल्लभ नर्सिङ माविको निर्माणाधीन भवनमा मजदुरी गर्ने बालिकाको बलात्कार भएको स्थानीयले बताए । हालसम्म प्रहरीमा भने उजुरी पुगेको छैन ।

विद्यालयका कार्यालय सहयोगी शिवशङ्कर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाइएको छ । हाल उनीहरू दुवै फरार छन् । प्रहरीले उनीहरूको खोजी गरिरहेको छ ।

घटनाको विषयमा जानकारी आए पनि बालिकाकोतर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भावेश रिमालले बताए । बलात्कार वा बलात्कार उद्योग भन्ने विषय उजुरीपछि अनुसन्धान हुने उनले बताए ।

सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनै महिलाले फकाएर बालिकालाई मजदुरीमा लगेको र जबरजस्ती मदिरा सेवन गराएको पीडित परिवारले बताएको छ ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here