समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । मदर टेरेसा पब्लिक स्कुलले राराब क्याम्पस र सितला माता मन्दिरमा डस्टविन प्रदान गरेको छ ।
जनकपुरधाम राराब क्याम्पसमा नेबिसंघ राराब इकाई समितिको पहलमा मदर टेरेसा पब्लिक स्कुल ले १० थान डस्टबिन प्रदान गरेको छ।
स्कुलका शिक्षक हरि शर्मा र सुरेन्द्र यादवले एक कार्यक्रमबीच राराब क्याम्पसका प्रमुख विरेन्द्र यादव र नेबिसंघ राराब इकाइ सभापति सुजित यादवलाई १० थान डस्टविन हस्तान्तरण गरेका छन् ।
साथै जनकपुरधाम–६ स्थित गिरनारी कुट्टि सितला माता मन्दिरमा महन्त शिवु गिरिलाई ५ थान डस्टबिन प्रदान गरेका छन।
नेपाल तरुण दल धनुषाका उपाध्यक्ष राकेश बिक्रम साहको पहलमा डस्टबिन प्रदान गरिएको छ । कार्यक्रममा नेविसंघ का पुर्व केन्द्रीय सदस्य विजय राय, नेविसंघ राराबका नवीन यादव, राजेस कर्ण, मनिष यादव, सुजित झा, इन्द्रजित महतो, सृष्टि दत्त, अर्जुन महतो, तरुण दलका मोहन साह, बलराम गुप्ता लगायत दर्जनौं बिद्यार्थी हरुको उपस्थिति रहेको थियो।