समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बङ्लादेश(ढाका) । नेपालीहरुको बसोबास रहेको संसारको विभिन्न देशबाट ‘भिजिट नेपाल २०२०’ को प्रर्वद्धन गर्ने उद्देश्यका साथ विभिन्न कार्यक्रमहरुको आयोजना भईरहेको छ । यसैक्रममा करिब तीन सय नेपालीहरुको बसोबास रहेको बङ्लादेशको पठानतुला भुभाग सिलेटस्थित जलावाद राजिव रेवैया मेडिकल कलेजमा ‘भिजिट नेपाल २०२०’ कार्यक्रम सम्पन्न भएको छ ।

भ्रमण वर्ष २०२० मा अधिक संख्यामा पर्यटक भित्र्याउने उद्देश्यका साथ दुई दिवसीय कार्यक्रम भएको हो ।

नेप्लिज स्टुडेन्टस् एसोसिएसन बङ्लादेश, सिलेट कमिटीको आयोजनामा कार्यक्रम सम्पन्न भएको छ । जलावाद राजिव रेवैया मेडिकल कलेजका निर्देशक प्राध्यापक डा. आवेद हुसैको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा स्थानिय बङ्लादेशी, विदेशी, नेपाली संघसस्थाहरुका प्रतिनिधीहरुको उल्लेखनिय उपस्थिती रहेको थियो ।

नेपाली मौलिक बाजा, सांस्कृतिक नाच, मौलिक पोशाक र भिजिट नेपाल अंकित टिसर्ट लगाएर सहभागीहरुले कलेजको परिक्रमा गरेका थिए ।

कार्यक्रममा नेप्लिज स्टुडेन्टस् एसोसिएसन बङ्लादेश, सिलेट कमिटीका उपाध्यक्ष लुजेश झाले उपस्थित सम्पुर्ण विदेशीहरुलाई नेपाल भ्रमणको निम्तो दिदै जीवनभरिको अनुभवको लागि नेपाल घुम्न अनुरोध गरे ।

फ्रि भिषाको साथमा न्यानो स्वागत सहित प्राकृतिक सम्पदाले भरिपुर्ण देश यहाँहरुलाई स्वागत गर्न तयार रहेको झाले भने । नेपालको मौलिकता झल्कने विभिन्न पर्यटकीय स्थल एवं पेन्टिङ्ले विदेशीको ध्यान समेत आकृष्ट गरेको र छिट्टै नै बङ्लादेशको राजधानी ढाकामा पनि भ्रमण वर्ष २०२० को भव्य आयोजना गर्ने नेप्लिज स्टुडेन्टस् एसोसिएसन बाङ्लादेशका केन्द्रिय महासचिव दिपक चौधरीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here