समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन आज जनकपुरमा बिभिन्न कार्यक्रमको आयोजन गरेर भ्रमण वर्ष २०२० मनाईदैछ ।

बिहिवार(आज) बिमानबाट काठमाडौंदेखि जनकपुरधाम आउँने यात्रीहरुलाई जनकपुर विमानस्थलमा फुलको माला लगाई स्वागत गरिएको छ । भ्रमण वर्ष २०२० को पहिलो दिन जनकपुरधाम आउने पाहुनाहरुलाई प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावण मन्त्रालयका सचिव डा. प्रेम नारायण कडेलले स्वागत गरेका थिए ।

आजबाट विद्यिवत रुपमा सुरु भएको भ्रमण बर्ष २०२० लाई आ–आफ्नो स्थानबाट भव्य रुपमा सफल बनाउन धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिप कडेलले आग्रह गरे ।

प्रदेश २ को आठ जिल्लाको प्रायः सबै सदरमुकाममा भ्रमण वर्षलाई केन्द्रित गरी विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको नेपाल भ्रमण बर्ष २०२० प्रदेश समन्वय समितिका संयोजक मनिष झाले जनाएका छन् ।

एकाबिहानै जनकपुरको दुधमती किनारमा बृक्षारोपण पनि गरिएको छ । जनकपुरधाम आउने पर्यटकको लागि थप एक रमणीय स्थल दुद्यमति नदीमा बृक्षारोपन गरिएको छ ।

त्यसैगरी आजै २ बजे जनकपुरधामस्थित जानकी मन्दिरमा २०२० ओटा बेलुन उडाउने, २०२० ओटा माला, फलफुल मन्दिरमा चढाउने समेत कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

त्यसैबीच साँझ २०२० ओटा दिप बालेर जानकी मन्दिर प्राङगढामा दिपावली समेत मनाउने र जानकी मन्दिर प्राङगामा ुहने कार्यक्रममा प्रदेश पर्यटन मन्त्रीराम नरेश रायले नेतृत्व गर्ने आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here