समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, ३ फागुन ।
धनुषाको महेन्द्रनगरमा रिभोलुसन नेपालले आयोजना गरेको भ्यालेनटाईन फेसन सो २०१९ माथि स्थानीय निर्जला विश्वकर्मा र उत्तम श्रेष्ठले कब्जा जमाएका छन् ।

निर्जला विश्वकर्मा र उत्तम श्रेष्ठ

प्रत्येक साल फेबररी १४ मा सप्ताहब्यापी रुपमा मनाईने भ्यालेनटाईनको अवसरमा आयोजना गरेको उक्त फेसन सो को पुरुष तर्फ फस्ट रनर अप आशिष राउत र महिला तर्फ गितिसा घिमिरे भएका छन् । त्यस्तै सेकेन्ड रनर अप पुरुष तर्फ धर्मेन्द्र साह र महिला तर्फ सुनिता घिमिरे भएका छन् ।

महेन्द्रनगरमा पहिलो पटक आयोजना गरिएको सो मा मिस वेस्ट स्किन अवार्ड, मिस वेस्ट वक अवार्ड, मिस्टर बेस्ट ह्याण्डसम, मिस्टर बेस्ट पब्लिक च्वाईस अवार्ड, मिस बेस्ट पब्लिक च्वाईस अवार्ड लगायतका अवार्डहरु प्रतिस्पर्धीहरुलाई प्रदान गरिएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि प्रदेश सांसद एवंम् कानून मन्त्री ज्ञानेन्द्र यादव र विशेष अतिथि क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पजियार रहेको थियो ।

आयोजक आशिष नेपाल

सौन्दर्य प्रतियोगिताहरु राजधानी केन्द्रितमात्र भईरहेको अवस्थामा जनकपुर क्षेत्रका महिला तथा पुरुषहरुको लागि लक्षित गरी आयोजना गरिएको उक्त सौन्दर्य प्रतियोगितामा उत्कृ्ष्ट प्रतिभाहरुलाई भबिष्यमा नेपालबाट अन्तराष्ट्रिय स्तरमा विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराउने उदेश्यले रहेको आयोजक आशिष नेपालले जानकारी दिएका छन् ।

साथै सो मा सामाजिक संजाला लोकप्रिय मानिएका प्रतिस्पर्धीहरुलाई पनि विभिन्न अवार्ड प्रदान गरिएको थियो

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here