समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ८ माघ ।
नेपाली ब्रान्डलाई दुरुस्तै कपी गरी राजश्व छली गरी बिक्री हुंदै आएको मिनी सिखर सिगरेट आन्तरिक राजस्व कार्यालय जनकपुरले नियन्त्रणमा लिएको छ । कार्यालयले सर्लाहीको मलंगवा इथरवास्थित जय हनुमान ट्रेडर्सले गैरकानुनी रुपमा बिक्री वितरण गर्दै आएको लाखौं मुल्य बराबरको उक्त चुरोट नियन्त्रणमा लिईएको हो ।
बिगत केही दिनदेखि भारतीय शिखर फिल्टर चुरोट नेपाली बजारमा बिक्री वितरण हुने गरेको देखिएको छ । भारतीय कम्पनीले नेपाली ब्रान्ड खुकुरी चुरोटको नक्कली उत्पादन गरेर नेपाली बजारमा निर्यात गरिरहेको छ । नाम, प्याकेज र रङ दुरुस्तै बनाएर भारतीय कम्पनी गोल्ड स्टेप टोबाको प्रालि पटनाले उत्पादन गरेको खुकरी चुरोट धनुषाको जनकपुर, महेन्द्रनगर, ढल्केवर, सबैला, यदुकुहा, महोतरीको जलेश्वर, मठिहानी, सम्सी, सर्लाहीको मलंगवा, हरिवन सहित आसपासका बजारमा खुलेआम बिक्री वितरण भईरहेको देखिएको छ ।
नेपाली उपभोक्तालाई लक्षित गरी सूर्य नेपालको उत्पादनलाई भारतीय कम्पनीले नेपाली ब्रान्ड कपी गरी उत्पादन गरेको हो । कम्पनीले प्याकेटमा नेपाली भाषामै नाम र जानकारी राखेर उत्पादन नेपाल पठाएको हो । भारतीय सिमा भएर राजश्व छली गरी गैरकानुनी रुपमा नै नेपालमा भित्रिने गरिएको सूर्य नेपालले जनाएको छ ।