समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । भारत सरकारका केन्द्रीय संस्क़ृति तथा पर्यटन मन्त्री प्रह्लाद पटेलले भारतीय प्रधानमन्त्री जनकपुरधाममा घोषणा गरेको सय करोड रुपैयाको लागि नेपाल सरकारले भारत सरकारलाई प्रस्तावना पठाउन माग गरेका छन्

जानकी मन्दिर दर्शन पश्चात मन्त्री पटेललले नेपाल र भारतको रामायणकालीन धार्मिक र सांस्कृतिक सम्बन्ध रहेको जिकिर गर्दै मन्त्री पटेलले काठमाडौमा सय करोड रुपैया बारे आफुले पर्यटन मन्त्रीसँग समेत यश बिषयमा कुरा गरेको भन्दै नेपाल सरकारले यश बिषयमा नेपाल सरकारले जति सक्दो अग्रसरता देखाए कार्य त्यति छिटो बढ्ने आश्वासन दिए ।

जानकी मन्दिर दर्शन पश्चात स्थानीय पत्रकारसँग संक्षिप्त कुरा गर्दै पटेलले भने, – ‘म मेरो परिवारका साथ जनकपुरधामको पावन भूमिमा आएर माता जानकीको दर्शन गरे मलाई खुशी लागेको छ ।’

नेपाली सेनाको हेलीकाप्टरबाट जनकपुर विमानस्थल आएका मन्त्रीलाई प्रदेश नं २ का पर्यटन मन्त्रालयका सचिब डा. प्रेम नारायण कडेल, नेपाल भ्रमण वर्ष २०२० प्रदेश २ समन्वय समितिका संयोजक मनीष झा, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीप कंडेल, प्रहरी प्रमुख रमेश कुमार बश्नेत, शसस्त्र प्रहरी बल जनकपुरका प्रहरी उपरीक्षक राजेश उप्रेती लगायतका व्यक्तिले विमानस्थलमा स्वागत गरेका थिए ।

विमानस्थलबाट मन्त्री पटेल राम मन्दिर, राजदेवी मन्दिर र त्यसपछि जानकी मन्दिर दर्शन गरेको थियो ।

नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन मन्त्री पटेल जनकपुरधाम १२ बजे आइपुगेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here