समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । रामजानकी विवाह महोत्सवमा भारतको अयोध्याबाट आएका जन्तीहरुलाई धनुषाको महेन्द्रनगरमा भव्य स्वागत सहित विदाई गरिएको छ । 

मधेशको पहिचान र प्राचीन मिथिलाको राजधानी जनकपुरधाम भएको भगवान राम र सिताको विवाह पश्चात् जनकपुरधाम देखि महेन्द्रनगर , बिरगंज हुँदै जाँदै गरेको हुनाले स्थानीयहरु फलफुल, पुष्प वर्षा र गम्छा लगाएर स्वागत सहित विदाई गरेका हुन् । 

मिथिला मधेशको कला संस्कृति संरक्षण र धर्म कर्तव्यको उद्देश्यले बिदाई गर्न हर्ष उल्लास साथ स्थानीय महेन्द्रनगरको  जनसमुदाय पानी ,फलफुल ,फुलमाला अबिर लगाई बराती एवं राम सितालाई बिदाई गरिएको हो । स्वागतको लागि क्षीरेश्वरनाथ नगरपालिकाका नगर प्रमुख योगेन्द्र पंजियार समेत सरिक भएका थिए ।

त्रेता युगमा मिथिलाका राजा जनककी छोरी सीता र आयोध्याका राजा दशरथका छोरा रामबिच भएको स्मरणमा विवाहपञ्चमी मनाईन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here