समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


नवलपरासी, २६ फागुन ।

नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीले जिल्ला समिति सदस्य प्रेम रिमालको निवासमा बंम राखेको प्रति निन्दा गरेको छ ।

सुनवल ३ आसामवासीस्थित उहाँको निवासमा अज्ञात समुहले बंम राखेकोमा क्रान्तिकारी माओवादीले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । क्रान्तिकारी माओवादी प्रति जनसर्मथन बृद्धि भएको सन्र्दभमा मिति २०७५ साल फागुन २५ गते राति निवासमा बंम राखिएको भन्दै क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीले बिज्ञप्ति जारी गर्दै आफ्नो गम्भिर ध्यानाकर्षण भएको बताउदै सो घटनाको निन्दा गरेको छ ।

क्रान्तिकारी माओवादी पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले आइतवार एक बिज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गर्नुभएको हो । चोलाद्धारा हस्ताक्षरित बिज्ञप्ति– क्रान्तिकारी माओवादीसंग बैचारिक संर्घष गर्न नसक्ने तत्वबाट भएको यस किसिमको गैरराजनैतिक हर्कतको हाम्रो पार्टी घोर निन्दा एंवम भत्र्सना गर्दछ – भनिएको छ ।

बिज्ञप्तिमा घटनामा संलग्नलाई छानविन गरि दोषी उपर कारवाही गर्न प्रशासन संग माग गर्दै दोषी उपर कारवाही नभए कडा संर्घषमा उत्रने चेतावनी समेत दिइएकोछ ।

रिमाल यस अघि क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाबाट निर्वाचन क्षेत्र नम्बर २ को प्रतिनिधिसभाको उम्मेदवार समेत रहनुभएको थियो ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here