समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काठमाडौं । माघ १ अर्थात माघे सङ्क्रान्तिका दिनदेखि श्री एयरलाइन्सले जनकपुरमा उडान थाल्ने भएको छ । उडानको तयारी पुरा भएको कम्पनीका प्रवन्धक अनिल मानन्धरले जानकारी दिए ।

उनका अनुसार दैनिक १ उडान जनकपुरमा हुने भएको छ । यस गन्तब्यमा न्यूनतम ३४ सय रुपैयाँबाट अधिकतम ४३ सय रुपैयाँमा टिकट बिक्री गरी श्रीले उडान थाल्न लागेको हो ।

जनकपुरमा उडान बिस्तार गर्ने श्री तेस्रो वायुसेवा बनेको छ । यसअघि यहाँ यति एयरलाइन्स र बुद्ध एयरले उडान गरिरहेका छन् । जनकपुर श्री एयरलाइन्सको ८ औं गन्तब्य हो ।

निकट भविष्यमा काठमाडौंबाट सिमरामा उडान बिस्तारको तयारी कम्पनीले गरेको छ । त्यसपछि काठमाडौं–पोखरा रुटमा भने श्रीको उडान विस्तार हुने भएको छ । श्री एयरले अहिले भद्रपुर, राजविराज, विराटनगर, भैरहवा, नेपालगन्ज र धनगढीमा उडान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here