समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरटाईम्स डेस्क

जनकपुरधाम, २ चैत ।

धनुषाको महेन्द्रनगर ( क्षीरेस्वरनाथ नगरपालिका) द्वारा संचालित १५ दिने सुरक्षित आवाश निर्माण १५ दिनको मेसन तालीमको समापन कार्यक्रमलाइ संबोधन गर्दै प्रमुख अतिथि मेयर योगेन्द्र पजियारले नगर भित्रको घरहरुको लेखा जोखा गर्न अभिलेखी गर्न लागेको बताएका छन । समापन कार्यक्रमलाई संबोधन गर्दै उनले नगर भित्र अव बिना नक्शाको घर निर्माण नगर्न गराउन आग्रह समेत गरेका छन ।

आफुले सिखेको सीपलाइ नगर भित्र लागू गर्न तालीममा सहभागीलाई मेयरले आग्रह समेत गरे । महेन्द्रनगरको साह सेवा समितिमा भएको सम्पन्न तालीमका सहभागीहरुलाइ सिकेको सीप व्यवहारमा उतार्न नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रदेव यादवले सुझाव दिए ।उनले यो १५ दिने तालीम भवन बनाउँदा मापदण्ड अनुसार बानाउँन यो सहयोग पुग्ने बताए ।

आफ्नो नगर भित्र नगरपालिकाले बन्ने घर भूकंप प्रतिरोधक र मापदंड अनुसार बन्न बनाउन यो तालीमको व्यवस्था गरिएको यादवले बताए । सहभागीहरुलाइ आज एक कार्यक्रमबीच सम्मान र सेफ्टी सामग्री वितरण गरिएको छ । समापन कार्यक्रममा सहभागी उत्कृष्ठ २० लाइ सम्मान समेत गरिएको थियो ।

भिडियाे यहा

https://youtu.be/OT5rWHSN2Gs
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here