समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


रामनारायण पण्डित
लहान, १३ पुस ।

भारतसँग बिद्युत व्यापार अघि बढाउने उद्देश्यले नेपाल सरकारद्वारा बिस्तार गर्न लागेको ४०० केभी हाइटेन्सन बिद्युत प्रशारण लाईन ढल्केवर–दुहबी परियोजना बिरुद्ध सिरहाका स्थानियहरु संघर्षमा उत्रेका छन् ।

सरकारले सञ्चालन गरेको नेपाल भारत बिद्युत प्रशारण तथा व्यापार योजनाका कारण आफुहरु भबिष्यमा बिस्थापित हुनुको साथै गम्भीर स्वास्थ्य समस्या खेप्नु पर्ने भन्दै स्थानियहरुले त्यसबिरुद्ध अदालतसम्म पुग्ने चेताबनी समेत दिएका छन् ।

बिद्युत प्रशारण लाईन बिस्तारका लागि धमाधम पोल गाड्ने र तार जडान हुन थालेपछि आक्राशित बनेका सिरहाको लहान नगरपालिका, धनगढीमाई नगरपालिका र गोलबजार नगरपालिको बिभिन्न वडाबाट जम्मा भएका स्थानियहरुले आज सामुहिक रुपमा पत्रकार सम्मेलन गरि तत्काल काम रोक्न माग गरेका हुन् ।

बिद्युत बिस्तारको नाममा जग्गाधीहरुसँग कुनै छलफलै नगरि जबर्जस्ती जग्गा अधिग्रहण गरि काम धमाधम अगाडी बढाएको छ,स्थानियबासिन्दा तथा प्रतिनिधिसभा सांसद सरित गिरीले भन्नुभयो–“एकातिर जग्गा धनीसँग कुनै सल्लाह गरिएको छैन्, एकै पटक सुचना प्रकाशित गरेर अधिग्रहण गरेको जग्गाको मुआब्जा लिन दबाब दिएको छ, भने अर्काेतर्फ बस्ती नजिकै हाईटेन्सन बिद्युत बिस्तार गर्दा त्यसबाट उत्पन्न हुने स्वास्थ्य जोखिमको बारेमा कुनै अध्ययन पनि गरिएको छैन् ।” कुनै पनि ठुलो योजना सञ्चालन गर्नु पुर्व वातारण मन्त्रालयबाट त्यसक्षत्रेको वातारण अध्ययन गरेर प्रतिबेदन तयार गर्नुपर्ने र त्यसैको आधारमा योजना सञ्चालन गर्नुपर्ने व्यवस्था भएपनि त्यो पनि नगरि हचुवाको भरमा योजना सञ्चालन गर्दा राजमार्ग क्षेत्रको बस्ती नै बिस्थापित हुने खतरा उत्पन्न भएको सांसद गिरीको भनाई छ ।

राजमार्ग टाँसिएर बिद्युत लाईन जडान गर्दा यसक्षेत्रको बच्चामा लुकेमियाँ, महिलाहरुमा बाँझोपना तथा क्यान्सर हुन सक्ने खतरो साथै कृषि उत्पादनमा समेत ठुलो ह्रास आउने भएकाले आफुहरु चिन्तित बनेको सांसद गिरीले बताएका छन् ।

अर्काे ठाउँमा बिद्युतको पोल गाड्न थालेपछि करिब ४ बर्षअघि प्रतिबाद गर्दा काम रोकिएको थियो, सांसद गिरीले भने–“ तर मंसीर ८ गते अचानक पत्रिकामा सुचना प्रकाशित गरेर मुआब्जा लिन आउन भनेपछि झसङ्ग भए ।”बिद्युत लाईन बिस्तारबाट उत्पन्न हुन सक्ने समस्याहरुको बारेमा आफुले उर्जामन्त्री बर्षमान पुन, बिद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ्ग र विश्व बैंकका पदाधिकारीहरुलाई जानकारी गराईसकेको चर्चा गर्दै सांसद गिरीले मन्त्रीदेखि महानिर्देशक सम्मलाई ध्यानाकर्षण गराउँदा पनि काम नरोकिएकाले अब त्यसबिरुद्ध अदालत जाने तयारीमा जुटेको समेत बताएका छन्।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here