समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । गरिबी अन्त्य गर्न नगरभित्र विभिन्न योजना ल्याई कार्यान्वयन गर्न आफु तत्पर रहेको क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारले बताएका छन् ।

एक कार्यक्रममा मेयर पजियारले वर्षौदेखि गरिबीको रेखामुनि रहेको हाम्रो मुलुकलाई माथी उकास्न आफ्नै नगरबाट गरिबी निवारण गर्न अभियानकै रुपमा संचालन गर्ने बताए । उनले गरिबी निवारणको लागि पनि अगामी बजेटमा २० लाख छुट्याएरै गरिबी निवारण अभियान संचालन गर्ने बताए । उनले गरिबी निवारणतर्फ नगरबाट विदेश जाने युवाहरुलाई सहुलियत दरमा ऋण दिएर विदेश पठाउने व्यवस्था लगायतका कार्यक्रमहरु ल्याउने बताए ।

त्यसैगरी महिलालाई आत्मनिर्भर बनाई उनीहरुको जिवनस्तर माथी उकास्न नगरपालिकाभित्रका महिलाहरुलाई सिलाईकटाई मेसिन बाड्ने मेयर पजियारले बताए । उनले यस आर्थिक वर्षको वार्षिक योजना अनुसार नगरभित्रको महिलाहरुलाई सिलाई कटाई मेसिन प्रदान गर्ने बताए ।

पजियारले नगरका महिलाहरुलाई सिलाई मेसिन बाडेर सिलाई पेशातर्फ आकर्षित गरी आत्मनिर्भर बनाउने उद्देश्य रहेको बताए ।

उनले महिलाहरु सिलाई मेसिन पाएपछि घरमै बसी रोजगार हुने समेत बताए । सोही कार्यक्रममा नगर प्रमुख पजियारले गरिब, दलित तथा विपन्न वर्गका छात्रछात्राहरुलाई उच्च शिक्षा हासिलका लागि पनि विभिन्न योजनाहरु ल्याउने तयारी भईरहेको बताए ।

2 COMMENTS

  1. योगेन्द्र पजियार ji bidesh pathaunu bhanda ramro yahi km dr ma rin dilaydinu yahi udhyog athwa kunai bussniss garda hunthyo ni sir

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here