समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, २२ पुस ।
सात वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय वृद्धलाई पक्राउ गरेको छ ।
धनुषाको हंसपुर नगरपालिका ८ का कल्याण कुमार कार्कीलाई बालिकासँग अप्राकृतिक मैथुन गराउने प्रयास र जवरजस्ती करणीको उद्योगमा पक्राउ गरी थप अनुसन्धान थालिएको छ ।
कार्कीलाई जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको हो। पुस २० गते कार्कीले विद्यालयमा पढ्न गएको बेला सात वर्षीय बालिकालाई ललाई फकाई यौन दुव्र्यवहार गर्न खोजेका थिए ।
बालिकाले घरमा गुनासो गरेपछि परिवारजनले प्रहरीमा उजुरी दिएको आधारमा कार्कीलाई पक्राउ गरिएको हो ।
प्रहरीमा उजुरी परेपछि फरार भएका कार्की घटना भएको दुई दिन पछाडी जिल्लाको गणेशमान चारनाथ नगरपालिका पोर्ताहाबाट आइतबार पक्राउ परेको प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए ।