समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, ९ पुस ।
प्रदेश २ का समाजिक विकास मन्त्री नवल किशोर साहले बालबालिकाको भविष्य हाम्रो हातमा भएकोले उनीहरुको भविष्य निर्माण गर्ने जिम्मा हाम्रो काँधमा रहेको बताएका छन् ।
देशमा महामानवको उत्पादन यहीबाट नै हुने भएकाले सोही अनुरुप नागरिकको विकास आवश्यक रहेको बताएका हुन् ।
सोमबार जनकपुरमा आयोजित प्रादेशिक संरचनामा प्रारम्भिक बालबाबिकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रममा मन्त्री साहले देशको भविष्य बालबालिकाको हातमा र बालबालिकाको भविष्य अभिभावकको जिम्मा हुने भएकोले त्यसलाई नमन गर्दै बालबालिकालाई वैज्ञानिक, व्यवहारिक तथा समाजिक ज्ञानको चेतना बृद्धिमा जोड दिए ।
भविष्यका सन्ततिका लागि शरिरको आत्मा नै शिक्षा भएकोले शिक्षा अनुसारको चेतना अनुसार बालबाबिकासबाटै व्यक्तित्त निर्माण हुने भएकोले यसमा जोड दिन आवश्यक रहेको बताए ।
सेतो गुराँस राष्ट्रिय बालबालिका सेवा ललितपुरको आयोजनामा भएको कार्यक्रममा कार्यक्रमको उदेश्यमाथि प्रतिनिधिसभाका सदस्य मिनाक्षी झाले प्रकाश पारेका थिए भने सेतो गुराँस राष्ट्रिय बालबालिका सेवाका कार्यकारी निर्देशकले कुन्ति रानाले प्रारम्भिक विकासको अवधारणा, महत्व र भावी जीवनमा पर्ने प्रभावको बारेमा सहजीकरण गरेका थिए ।