समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


अदालत, कलकारखाना र दैनिक आवश्यक उपभोग्य साम्राग्री पाईने स्थल खुल्ला रहेने ।

बंगलादेश । बाङ्लादेशका प्रधानमन्त्री शेख हसिनाले बाङ्लादेशका सम्पुर्ण शिक्षा संकाय सेप्टेम्बर(भदौ) सम्म बन्द रहने आवहान गरेकि छिन् ।

प्रधानमन्त्री हसिनाले कोरोना कहरकाबीच शिक्षा संकाय बंद रहने आवहान गरेकी छिन् ।

कोरोनाका संक्रमणका कारण बाङ्लादेश आक्रान्त बनिरहेको अवस्थामा सामाजिक दुरि कायम राख्न र कोरोनाको सक्रमण बढ्न नदिन यस्तो निर्देशन दिएकि हुन् । सोमबार एकाबिहानै एक प्रेस वार्ता मार्फत प्रधानमन्त्री शेख हसिनाले यस्तो आवहान गरेकी हुन् ।

शिक्षा संकाय बंद रहेता पनि अदालत, कलकारखाना र दैनिक आवश्यक उपभोग्य साम्राग्री पाईने स्थाल खुल्ला रहेने प्रधानमन्त्री हसिनाले बताए ।

प्रधानमन्त्रीको यो आवहान प्रती शिक्षा संकायका प्रतिनिधि र विधार्थीहरुले स्वागत योग्य निर्णय रहेको भन्दै सराहना गरेका छन् ।

केही दिन अगाडी मात्र प्रधानमन्त्रीले बाङ्लादेशका सत्तारूढ दल बाङ्लादेश अवामी लिगका भातृ संगठन बाङ्लादेश छात्रलिगले कोरोनाको कहरले श्रमिक र मजदुर नपाईरहेको बेला गरिब किसानको धान भित्र्याउन देखि धान झार्नमा सहयोग गर्न निर्देशन दिएकि थिईन । उहाँको उक्त निर्देशन पश्चात बाङ्लादेश छात्रलिगका केन्द्रिय देखि क्षेत्रीय नेता, कार्यकर्ता किसानको धान भित्र्याउन र झार्नमा जुटेका छन् ।

जन होपकिन्स विश्वविद्यालय अमेरिका का तथ्यांक अनुसार हाल सम्म बाङ्लादेशमा ५ हजार ४ सय १६ कोरोना संक्रमित भएका छन् भने १ सय ४५ जनाको मृत्यु साथै १२२ जना निको भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here