समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बाङ्लादेश(ढाका) । वैश्विक महामारी (Pendemic) नोवेल कोरोना भाईरस (Covid19)को संक्रमणका कारण बाङ्लादेश आक्रान्त बनिरहेको अवस्थामा उच्च जोखिममा(रेड एरिया)मा रहेका नेपाली विधार्थीहरुलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने बाङ्लादेशका लागी नेपाली राजदूत डा. वंशीधर मिश्रले जनकपुरटाईम्सलाई जानकारी दिएका छन् ।

दैनिकी रुपमा २५० देखि ३०० सम्म कोरोना संक्रमित भईरहेको बेला पठनपाठन बन्द भएता पनि विभिन्न कलेजमा मेडिकल अध्यन गरिरहेका ईनटर्न विधार्थीहरु हस्पिटलमा डिउटी गरिरहेकालाई डिउटि मुक्त गराई सेल्फ क्वारेन्टाइनमा राख्ने वयवस्था मिलाउने राजदूत मिश्रले बताए । विधार्थीहरु अध्यन गरिरहेका कलेज र बस्ने होस्टेल नजिकै भएर कोरोना रोगीहरुको चाप बढिरहेको कारण विधार्थीहरु त्रसित भएका बेला सुरक्षीत स्थानमा स्थानतरण गर्ने मिश्रले बताए ।

मिश्रले भने हाँल बाङ्लादेशमा रहेका नेपाली विधार्थीलाई स्वादेश फर्काउने सरकारको कुनै योजना नरहेकोले यस्तो पेन्डिमिक अवस्थामा आफ्नो मनोबल ऊच्च राख्दै यथा स्थानमा सुरक्षित रहि यो माहामारीबाट बच्ने एक मात्र विकल्प रहेको छ । बाङ्लादेशमा नेपाली नागरिकलाई अफ्नो बसाई, खाना र पैसाको कुनै समस्या भएमा नेपाली राजदूतावासद्वारा जारी गरेको सुचना, वेबसाईट लगायतमा उपलब्ध ठेगानामा सम्पर्क गर्नु समेत आग्रह गरेका गरे ।

बाङ्लादेशमा पछिल्लो समय ढाकासहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भइरहेको छ र आउने दिनमा पनि संक्रमित हुनेको संख्यामा अझ तीब्रता आउने मेडिकल अध्यनरत विधार्थीहरु भन्छन् ।

बाङ्लादेशमा पछिल्लो समय ढाकासहितका क्षेत्रमा कोरोना संक्रमितको संख्या तीब्र रुपमा वृद्धि भइरहेको छ र आउने दिनमा पनि संक्रमित हुनेको संख्यामा अझ तीब्रता आउने मेडिकल अध्यनरत विधार्थीहरु भन्छन् । दिनहुँ कोरोना संक्रमित केसहरु तीव्र रुपमा बढिरहेछ र सरकारले हाँलै नेपाली विधार्थीहरु अध्यनरत कलेजलाई कोरोना पोजेटिभ हस्पिटल घोषणा गरेको अवस्थामा दिनानुदिन कोरोनाका केशहरु तिब्र रुपमा बढिरहेको बेला अस्पताल नजिकै होस्टेलमा बस्ने विधार्थीहरु उच्च जोखिममा पर्ने भएकोले उनिहरुलाई सुरक्षित स्थानमा स्थानतरण गर्ने राजदुत मिश्रले जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here