समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको रामानन्द चौकनजिक बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको उपचारको क्रममा मृत्यु भएको छ ।

शुक्रबार उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको ना. ५ ख १५२० नम्बरको बसले ज. १० प ६४६७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मृत्यु भएको हो ।

मोटरसाइकलको पछाडि सवार धनुषा जनकनन्दनी गाउँपालिका फुलबरियाका ४० वर्षीय श्रीलाल यादवको मृत्यु भएको छ । यादवको जनकपुरस्थित जानकी हेल्थ केयर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।

छेउमा रोकिरहेको अवस्थामा पछाडिबाट बसले ठक्कर दिएको मोटरसाइकल चालक शिवलखन यादव बताएका छन् ।

प्रहरीले बस नियन्त्रणमा लिएको छ । बसका चालक भने फरार रहेका छन् ।

Avatar
हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।