समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मधेश आन्दोलनमा बलिदानी दिएका महान शहिदहरुको सम्झनामा प्रत्येक बर्ष माघ ५ गते मनाईने बलिदानी दिवस यस बर्ष विशेष समारोह गरी वीरगञ्जमा मनाउने निर्णय भएको छ ।

बिहिवार प्रदेश २ को मन्त्रीपरिषद्को बैठकले बलिदानी दिवस वीरगञ्जमा मनाउने निर्णय गरेको छ । २०६३ साल पश्चात मधेश केन्द्रित दलहरुले मनाउन थालेको बलिदानी दिवस गत बर्षदेखि मनाउन थालेका छन् ।

गत बर्ष दिवस सिरहाको लहानमा मनाईएपनि यस बर्ष वीरगञ्जमा मनाउने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिएका छन् ।

बलिदानी दिवसका अवसरमा प्रदेश सरकारले शहिद परिवार र घाईतेहरुलाई सम्मान गरिने मन्त्री यादवले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here