समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । बलिउड अभिनेता ऋषि कपुरको निधन भएको छ ।

बलिवुडका महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका छन् ।

अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो ।

६७ बर्षिय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए ।

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए । उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुदा अस्पताल भर्ना भएका थिए ।

कपुरले अमर अकबर एन्थोनी, लैला मजनु, रफु चक्कर, सरगम, कर्ज, बोल राधा बोल आदि जस्ता हिट फिल्महरूको खेलेका थिए। आफ्नो क्यारियरको पछिल्लो चरणमा उनी कपूर र संस, डी-डे, मुल्क र १०२ नट आउट जस्ता फिल्महरूमा देखिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here