समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५४ वर्षिया खानको मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालमा मंगलबार निधन भएको हो ।

मंगलबार अचानक स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो । खानका प्रवक्ताका अनुसार उनलाई ‘कोलन इन्फेक्सन’ भएको थियो । गत वर्ष खान गम्भिर अस्वस्थ भएर लामो समय लन्डनमा उपचार गराई फर्केका थिए । त्यसबेला उनलाई न्यूरोइन्डोक्राइन ट्यूमर भएको थियो ।

खानकी आमा सईदा बेगमको पनि हालै मात्र निधन भएको थियो । लकडाउनको कारण इरफान आफ्नी आमाको अन्तिम यात्रामा पनि उपस्थित हुन सकेका थिएनन् । 

सन् १९८८ मा एकाडेमी अवार्डमा मनोनयनमा पर्न सफल “सलाम बम्बे” बाट चलचित्र क्षेत्रमा इरफान प्रवेश गरेका थिए । यो चलचित्र मुम्बईका सडक बालबालिकाको कथामा आधारित थियो ।

इरफानले, मकबुल, पान सिंह तोमर, द लन्चबक्स, हैदर, गुन्डे, पिकु, तलभार लगायत फिल्ममा अभिनय गरेका छन् । इरफान खान मुम्बईमा मात्र सीमित भएनन् । उनले निकै ख्याती कमाएका “स्लमडग मिलेनियर”, “जुरासिक वल्र्ड”, “दी अमेजिङ स्पाइडर–म्यान” र “लाइफ अफ पाई” जस्ता चलचित्रमा समेत काम गरेका थिए । उनले सुप्रसिद्ध चलचित्र निर्देशकहरु मिरा नायर, वेस एन्डरसन र आङ ली सँग पनि काम गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here