समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


मुम्बइ। बलिउडका निर्देशक अनुभव सिन्हाले तीनजना सुपरस्टार सलमान खान, आमिर खान र शाहरुख खानलाई नयाँ नागरिकता संशोधन कानुनबारे बोल्न आग्रह गरेका छन् ।

तीनैजना बलिउड स्टार मुस्लिम समुदायका हुन् । फिल्म निर्देशक सिन्हाले उनीहरुलाई मौनता तोड्न आग्रह गरेका हुन् । उनीहरुको अभिव्यक्तिले लाखौं प्रशंसकलाई प्रभावित पार्नसक्ने भन्दै नयाँ कानुनबारे बोल्न आग्रह गरेका हुन् । भारतमा हिन्दू राष्ट्रवादी राजनीतिक धरातलबाट हुर्किएको भारतीय जनता पार्टी नेतृत्वको सरकारले ल्याएको कानुन विरुद्ध अधिकांश मुस्लिम समुदाय आन्दोलित भएका छन् ।

नागरिकता संशोधन कानुन मुस्लिम धर्मप्रति पूर्वाग्रही भएको भन्दै भारतका विभिन्न सहरमा प्रदर्शन हुँदैआएको छ । आन्दोलनको क्रममा अहिलेसम्म २५ जनाको मृत्यु भइसकेको छ । ‘यस विषयमा नबोल्नेहरुप्रति म साँच्चिकै रिसाएको छु । यी तीन अभिनेता र उनीहरुका प्रशंसक केही हुन् । उनीहरुको एक शब्दले लाखौंलाई प्रभावित पार्नसक्छ,’ निर्देशक अनुभव सिन्हाले बताए ।

आमिर खान, सलमान खान र शाहरुख खानप्रति उनले यस्तो टिप्पणी गरेका हुन् । शाहरुखले अभिनय गरेको फिल्म ‘रावन’ २०११ मा उनै सिन्हाले निर्देशन गरेका थिए । भारतका विभिन्न सहरमा मुस्लिम समुदाय आफूमाथि अन्याय भएको भन्दै आन्दोलित भइरहँदा मुस्लिम समुदायबाटै उठेका तीन सुपरस्टार खानहरु भने मौन छन् ।

भारतको नयाँ विवादास्पद कानुनबारे अन्य केही अभिनेता, अभिनेत्रीहरुले टिप्पणी गरिसकेका छन् । शाहरुख खानसँग ४ करोड जति ट्वीटर फलोअर्स छन् । सलमानसँग भने ३ करोड ८० लाख छन् । अमिरको साथमा २ करोड ५० लाख ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here