समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


महेन्द्रनगर । धनुषाको महेन्द्रनगरमा एक १४ वर्षीया बालिका माथि भएको बलात्कारको घटनाको आरोपीतलाई फासीको सजाय माग्दै स्थानीयले गर्दै आई रहेको आन्दोलन तथा प्रदर्शन आज देखि स्थगित गरिएको छ ।

पीडित परिवारजन तथा स्थानीय बुद्धिजिवी, अगुवा सहित नागरिक समाजको विहान बसेको सर्व पक्षिय बैठकले बलात्कार घटनाको आरोपीलाई पक्राउ गरि जबरजस्ती करणीको मुद्दा प्रकृया अघि बढेको हुँदा अदालतको फैसला नआए सम्मको लागि कुनै किसिमको आन्दोलन तथा प्रदर्शन नगरिने निर्णय गरिएको छ ।

कानुनी प्रकृया अघि बढि सकेको हुँदा कानुनको म्याद सम्म आवश्यक अनुसन्धान गरिदै गरेको र स्वास्थ्य परिक्षण लगायतका घटना स्थलमा बरामद भएको सबुत प्रमाणहरुको टेस्ट रिपोर्टहरु आएर अदालतमा पेश नहुञ्जेल सम्मको लागि आन्दोलन तथा प्रदर्शन नगरिने नागरीक समाजले जनाएको छ ।

राष्ट्रिय मानव अधिकार, इन्सेक, वोरेक सहित विभिन्न मानवअधिकारकर्मीहरु सहितको टोलीले घटनालाई चासो सहित अनुगमन तथा निरिक्षण गरिरहेको तथा कानुनको सबै निकायहरुले समेत घटना बारे गम्भिरताका साथ हेरेको हुँदा स्थानीय नागरिक समाजले सम्बन्धीत सबैलाई आन्दोलन तथा प्रदर्शन हाललाई स्थगित गरिएको जनाए ।

पीडितको तर्फबाट अशोक ठाकुरले दोषिलाई पक्राउ गरि मुद्दा चलाई सकेको हुँदा आन्दोलन तथा प्रदर्शन जस्ता गतिविधि नगर्न सबैलाई आग्रह गरे ।

क्षीरेश्वरनाथ नपा ५ महेन्द्रनगरका एक १४ वर्षीय बालिकालाई गत बैशाख १५ गते घरमा कोहि नभएको मौका पारी बालिकालाई बेहोस हुने औषधी प्रयोग गरी सोहि ठाउँ बस्ने ३३ बर्षीय राजकुमार साहले बलात्कार गरेको पीडितले दिएको किटानी जाहेरीमा उल्लेख गरिएको छ ।

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्चार्ज प्रहरी निरिक्षक अमिर दाहालले पीडित पक्षले बैशाख १६ गते दिएको जाहेरीको आधारमा पीडक साहलाई तत्कालै खोजतलास गरी पक्राउ गरेर जबरजस्ती करणीको मुद्दा चलाईएको बताए । उनले घटना स्थलबाट बरामद भएको सबुत प्रमाणहरुलाई आवश्यक चेकचाजको लागि पठाउनुको साथै पीडितको स्वास्थ्य परिक्षण समेत गराई सकेको बताए । प्रनि दाहाले भने, ‘बलात्कार भएकै हो । सबुत प्रमाणहरु पनि दखिए कै छ ।

दोषिलाई कुनै हालतमा कार्वाही हुन्छ । अहिले अनुसन्धानको क्रममा छौं । स्वास्थ्य परिक्षणको रिपोर्ट र ल्याबको रिपोर्टहरु आउने बितिकै हामी आरोपीलाई अदालतमा उभ्याउँछौं ।’ उनले कानुनी प्रकृया पुरा हुन केहि समय लाग्ने हुँदा स्थानीयलाई धैर्य धारण गर्न आग्रह गरे ।

यता पीडित बालिकाको उपचार काठमाण्डौंमा भईरहेको र बालिकाको स्वास्थ्य स्थितीमा सुधार आएको जानकारी परिवारजनले दिएका छन् ।

महेन्द्रनगरमा स्थानीयले बलात्कारीलाई कडा कारबाहीको माग राख्दै प्रदर्शन गर्दै आइरहेका थिए । साेहि क्रममा आईतवार ईलाका प्रहरी कार्यालय घेराउन गर्ने क्रममा प्रहरीसँग झडप समेत भएको थियो ।

प्याबसनको आह्वानमा महेन्द्रनगरका निजि विद्यालयहरु आज बन्द

बलात्कार घटनाको दोषिलाई कडा कार्वाहीको माग गर्दै प्याबसनको क्षीरेश्वरनाथ नगरपालिका स्थित नगर ईकाई कमिटिको आह्वानमा आज नगरका सबै निजि विद्यालयहरु बन्द गरिएको छ। नगर कमिटिका अध्यक्ष सुजित कापरीले दोषिलाई कडा कार्वाही तथा कानुनी प्रकृया चाडो भन्दा चाडो पुरा गरी अदालतमा पेश गर्न दबाब दिने उद्देश्यले आज एक दिन विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको बताए ।

कडा कार्वाहीको माग सहित ज्ञापन पत्र बुझाईयो

यसैबीच प्याबसनको क्षीरेश्वरनाथ नगरपालिका स्थित नगर ईकाई कमिटिले दोषि उपर कडा कार्वाहीको माग राख्दै इलाका प्रहरी कार्यालय महेन्द्रनगर मार्फत जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय र क्षीरेश्वरनाथ नगरपालिका कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । नगर कमिटिका अध्यक्ष सुजित कापरी सहित धनुषा प्याबसनका अध्यक्ष गणेश साह र नगरका सचिव कृष्णा लामा सहितको टोलीले ज्ञापन पत्र बुझाएका हुन् ।

साथै प्याबसनले पीडित बालिकाको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here