समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बर्दिबास । महोत्तरीको बर्दिबासमा प्रदेश २ स्तरीय व्याडमिन्टन प्रतियोगिता हुने भएको छ । बर्दिबास व्याडमिन्टन संघ महोत्तरीको आयोजनामा माघ २४ र २५ गते प्रदेश स्तरीय ‘तेस्रो मेयर कप व्याडमिन्टन प्रतियोगिता’ हुने भएको हो ।

बर्दिबास नगरपालिकाको सहयोगमा तीन बर्षदेखि मेयर कप व्याडमिन्टन प्रतियोगिता हुदैं आएको छ ।

गौतम होटलमा आयोजित पत्रकार सम्मेलनमा बर्दिबास व्याडमिन्टन संघका अध्यक्ष कृष्ण प्रसाद गौतमले जनाएको अनुसार, प्रतियोगितामा ६० टिमको सहभागि हुने छ ।

मेन्स डब्ल, भेट्रान डबल र ओमेन सिङ्गल गरि तीन थरिका खेलाडी सहभागि हुने छ । बर्दिबासस्थित बर्दिबास कवड हलमा प्रतियोगिता संचालन हुनेछ ।

मेन्स डब्लका खेलाडीलाई क्रमसः प्रथमलाई ३० हजार, द्घितीयलाई २० हजार र तृतीयलाई १५ हजार नगद पुरस्कार प्रदान गरिने छ ।

त्यसैगरि भेट्रान डबलका खेलाडीलाई क्रमस प्रथमलाई २५ हजार, द्घितीयलाई १५ हजार र तृतीयलाई १० हजार पुरस्कार राशि राखिएको छ ।

त्यसैगरि ओमेन सिङ्गल तर्फका खेलाडीलाई क्रमसः प्रथमलाई १० हजार, द्घितीयलाई ७ हजार ५ सय र तृतीयलाई पाँच हजार पुरस्कार राशी रहेको आयोजकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here