समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


राम नारायण पंडित
सिरहा, २६ पौष ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले आवश्यकता अनुकुल संविधान परिमार्जन गर्दै आर्थिक रुपमा देशलाई समृद्ध बनाउने बताएका छन् ।

सिरहाको कर्जन्हा नगरपालिका ५ वस्तिपुरमा बुधबार आयोजित किसान नेता जयगोविन्द साहको २९ औं स्मृति सभालाई सम्वोधन गर्दे प्रवक्ता श्रेष्ठले कम्यूनिष्ट सरकारले नै देश समृद्ध बनाउने भन्दै उनले नेताहरुविचको मतभेदले सरकार फेरिन्छ भन्ने धेरैलाई लागेकोले सरकार परिवर्तको कुनै सम्भावना नभएको स्पष्ट गरे ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले नै पाँचवर्ष सरकार चलाउने समेत उनले दाबी गरे । उनले भने “यही सरकारले नेपाल समृद्ध बनाउँछ, त्यसैले सरकारले गरेका राम्रो कामको प्रशंसा गर्दै खराव कामहरुको आलोचनात्मक ढंगले विरोध गर्नु पर्ने हुन्छ ।”

प्रवक्ता श्रेष्ठले राष्ट्रिय अखण्डतालाई टुक्रायाउन खोज्नेलाई परास्त गर्ने चेतावनी दिएका छन् । देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सह्य नहुने उनले बताएका छन् । विखण्डनकारी विरुद्ध एकढिक्का बनाउनु पर्ने भन्दै उनले त्यसको नेतृत्व आफ्नो पार्टी र सरकारले गर्ने दाबी गरेका छन् ।

हामी यहाँहरुको अमूल्य सुझाव, सल्लाह र सहयोगको अपेक्षा गर्दछौं। साथै समाचार, लेख, रचना वा विज्ञापन भए newsjanakpurtimes@gmail.com मा इमेल गर्नहुन अनुरोध छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here