समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नपा ५ स्थित भिखारी साहको घरमा भएको विस्फोटमा परि मृत्यु राजेश साह र आनन्द कुमार साहको दाहसंस्कार गरिएको छ । सखुवा महेन्द्रनगरस्थित जलाद नदीमा मृत्यु भएका वुवा र छोरालाई दाहसंस्कार गरिएको हो । दाहसंस्कार कार्यक्रममा नेकपाका नेता पूर्वमन्त्रि रघुविर महासेठ, जिल्ला समन्वय समिती धनुषाका सभापति रामदेव वनरैत यादवलगायत हजारौको संख्यामा स्थानियवासिन्दाहरुको सहभागिता रहेको थियो ।
विस्फोटकै क्रममा गम्भिर घाइते भई उपचारको क्रममा मृत्यु भएका प्रहरी इन्स्पेक्टर अमिरकुमार दाहालको शव सुनसरीको धरानबाट हेलिकप्टरमार्फत उनको घर काठमाण्डौको जोरपाटी लगिएको छ ।
बम विस्फोट घटनामा परेर भिखारी साहका ४८ वर्षीय छोरा राजेश साह, मृतकका छोरा ३० वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको छ भने इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर अमिर कुमार दाहालको सुनसरीस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो ।
बम यसरी विस्फोट भएको थियोे
शुक्रबार राति १२ बजे राजेश साहको घर भित्र गेटमा झोलामा बम जस्तो देखिने शंकास्पद वस्तु झुण्डयाइएको देखिएको मृतक राजेश साहका ६० वर्षीय वुवा भिखारी साहले बताउनुभएको छ । झोलामा शंकास्पद वस्तु देखेपछि राजेश साह इलाका प्रहरी कार्यालय महेन्द्रनगर पुगेर इन्स्पेक्टर अमिर दाहालको मोवाइलबाट घरमा फोन गरि सवैजनालाई घर बाहिर निस्कन भन्नुभएको थियो । घटनास्थलमा राजेश साह इन्स्पेक्टरसहितको प्रहरी भ्यानसंगै आउनुभएको थियो ।
इन्स्पेक्टरको नेतृत्वमा शंकास्पद वस्तु बम हो वा होइन भनी हेरियो, तर इन्स्पेक्टरले बम होइन् जस्तो छ, पुरानो कुकर होला भनी सवै जनालाई बोलाउनुभएको थियो । सवैजना बम रहेको स्थान वरिपरि बसेर इन्स्पेक्टरले फोनमा कुरा गरि रहेकै वेलामा विस्फोट भएको घटनास्थलका प्रत्यक्षदर्शी घाइते भिखारी साहले इन्सेक धनुषा प्रतिनिधीलाई जानकारी दिनुभएको छ ।
बम कसले किन राखेको होे भन्ने बारेमा अहिलेसम्म एकिन जानकारी आउन नसकेको र घटनाबारे सुक्ष्मतरिकाले अनुसन्धान तीव्र रुपमा भई रहेकोे धनुषाका डिएसपी रामेश्वर कार्कीले बताउनुभएको छ ।
सम्बन्धित समाचारहरु :-
धनुषा बम बिस्फोट अपडेट : विप्लव समुहका ४ जना पक्राउ
धनुषामा बम बिस्फोट : प्रहरी निरीक्षक दाहालको पनि मृत्यु
धनुषाको महेन्द्रनगरमा बम बिस्फोट : २ जनाको घटनास्थलमै मृत्यु, इन्सपेक्टरसहित ५ घाइते
धनुषा बम बिस्फोट अपडेट : प्रहरी निरीक्षक दाहालको शव काठमाडौ लगिदै