समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–५ स्थित मा.वि.पर्वतामा राखिएको शंकास्पद वस्तु बम नभई फोहोरको थैला रहेको पाइएको छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम भनि डिस्पोज गर्ने क्रममा उक्त शंकास्पद वस्तु बम नभई फोहोरमैलाको थैला रहेको जनाएको छ ।

सोमबार विहान करिब साढे ९ बजेको समयमा विद्यालयको लेखा शाखाको झ्यालमा सेतो प्लास्टिकमा देखिएको शंकास्पद वस्तु विद्यालयका विद्यार्थीहरुले देखेपछि भागाभाग भएको थियो । शंकास्पद वस्तु देखेपछि विद्यार्थीहरु सँगै गाउँलेहरु समेत त्रसित भएका थिए । शंकास्पद बस्तु देखेको केहीबेर पछि घटनास्थलमा पुगेका नेपाल प्रहरीले त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिई सेनाको डिस्पोजल टोलीलाई खबर गरेका थिए । सेनाको डिस्पोजल टोली आएर डिस्पोज गर्न खोज्दा सो शंकास्पद वस्तु फोहोरमैलाको थैला फेला परेको हो । कोही कसैले त्रास फैलाउन सुनियोजित तरिकाले विद्यालयको लेखा शाखको झ्यालमा फोहोरको थैला राखेको हुनसक्ने स्थानीहरुको भनाई छ ।

विद्यार्थीहरुमा समेत त्रास फैलाउनकै लागि सुनियोजित ढँगले त्यो थैला राखेको हुनसक्ने उनीहरु बताउँछन् । नेपाली सेनाका क्याप्टेन ज्ञानेन्द्र जैसीको नेतृत्वमा गएको बम डिस्पोजल टोलीले त्यसलाई सुनियोजित तबरले राखिएको बताउँछन् ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले फोहोरको थैला रहेको बताएपनि गत २७ गते धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ मा भएको शक्तिशाली बम बिस्फोट तथा निरन्तर जिल्ला शंकास्पद वस्तु भेटिरहँदा स्थानीयहरुमा त्रास अझै कायमै रहेको छ ।

गत शुक्रबार सो बम बिस्फोटमा नेपाल प्रहरीका प्रहरी निरीक्षक अमिर कुमार दाहाल र स्थानीय राजेश साह र उनका छोरा आनन्द साहको मृत्यु भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here