समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


सिराहा । ‘बेटी पढाऊ, बेटी बचाऊ’ अभियान अन्तर्गत सिरहाको कर्जन्हा नगरपालिका वडा नं.२ बन्दिपुरका फुलकुमारी मेमोरियल माविमा साईकल वितरण गरिएको छ ।

विद्यालयमा अध्ययनरत ७० जनालाई साईकल वितरण गरिएको छ । ग्रामिण क्षेत्रमा विद्यालय टाढा भएकै कारण विचैमा पढाइ छाड्ने दर धेरै भएकोले उनीहरुको पढाईमा सघाउ पुर्याउन साईकल वितरण गरिएको राजपा नेपालका केन्द्रीय सह–महामन्त्री डा.सुरेन्द्र कुमार झाले बताए ।

कार्यक्रममा सिरहा निर्वाचन क्षेत्र नं.४ को ‘क’ प्रदेशसभाका सांसद दिलिप साहले भने मधेशलाई अगाडी बडाउन महिला शिक्षामा जोड दिनुपर्ने बताए । उनले महिलालाई शक्तिकरण गर्नुपर्ने समेत बताए । उनले महिला शिक्षित नभएसम्म प्रदेश शिक्षित नहुने धारण राखे ।

कार्यक्रम फुलकुमारी मेमोरियल मावि बन्दिपुरको व्यवस्थापन सतितिको अध्यक्ष जगर्नाथ यादबको अध्यक्षतमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं.२ का समाजिक बिकास राज्यमन्त्री अभिराम शर्माको रहेको थियो ।

त्यसैगरी कार्यक्रममा बिशिष्ट अतिथि कर्जन्हा नगरपालिकाका उपमेयर ज्ञानु श्रेष्ठ, नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक, विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here