समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


बङ्गलादेश ( ढाका) । तीन दिवसिय बङ्गलादेश भ्रमणमा रहेको उपप्रधान एवं कानुन, न्याय तथा संसदीय मामिला मन्त्री उपेन्द्र यादवसँग त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीहरुले भेटघाट गरेका छन् । बंग्लादेशको विभिन्न शरहमा अध्ययनरत नेपाली विद्यार्थीहरुले राजधानी ढाकामा मन्त्री यादवसँग भेटघाट गरेको हो । मन्त्री यादवसँगको भेटमा नेपाली विद्यार्थीहरुले बंग्लादेशमा भोग्दै आएको समस्याहरुको बारेमा जानकारी गराएका थिए । करिब ७ हजारको हाराहारिमा बङ्गलादेशको विभिन्न सरकारी विश्वविद्यालय तथा निजी कलेजहरुमा नेपाली विद्यार्थीहरु अध्यनरत छन् । प्रत्येक वर्ष हजारौँको संख्यामा विद्यार्थीहरु अध्यनको शिलशिलामा नेपालबाट बङ्गलादेश पुग्ने गर्दछन् ।

मन्त्री यादवसँगको भेटमा नेपाली विद्यार्थी सुदिप शर्माले बङ्गलादेश पढ्न आउने नेपली विद्यार्थीहरु विभिन्न बहानामा नेपाली विद्यार्थीहरुबाट नै ठगाईरहेको गुनासो गरे । उनले नेपाली विद्यार्थीले बङ्गलादेशलाई नै कर्मभुमि बनाई कन्सल्टेन्सीको मार्फतले नयाँ विद्यार्थीलाई लोभलालच देखाई छात्रवृत्तिको नाममा लुटिरहेका बताए ।

उनले नेपाली विद्यार्थीलाई यहाँ रेमिटान्स र भिसाको समस्या मुख्य रुपमा रहेको बताउदै यो समस्या समाधानमा पहल गरि दिन मन्त्री यादवलाई आग्रह गरे । वर्षेणी हजारौंको संख्यामा नेपाली विद्यार्थीहरु बङ्गलादेश अध्यन गर्न आईरहेको बेला उनीहरुलाई सरकारी छात्रवृत्तिको लोभ लालचन देखाई लाखौं रुपैया ठग्ने गरेको समेत शर्माले गुनासो गरे । विद्यार्थीलाई यहाँ रहेका नेपाली विद्यार्थीको संगठनले आफुहरुले बङ्गलादेशमा नेपाली विद्यार्थीहरुलाई सरकारी कोटाको छात्रवृत्ति उपलब्ध गराएको सामाजिक संजाल मार्फत गलत प्रचार प्रसार गरेर लाखौं रुपैयाँ असुल्ने गरेको गुनासो गरे । दिनानुदिन नेपाली संगठनहरुका पदाधिकारीले नेपाली विद्यार्थीलाई नै ठगी रहेको व्यहोरा बङ्गलादेशमा रहेको नेपाली राजदूतावासलाई जानकारी भएपनि दुतावासले कुनै ध्यान नदिएको गुनासो नेपाली विद्यार्थीहरुले गरे ।
जवाफमा मन्त्री यादवले यी समस्याहरु समाधान गर्न आफुले पहल गर्ने बताएका थिए । उनले नेपाली विद्यार्थीहरुको समस्या र पीडा आफुले अब राम्ररी बुझेकोले नेपाल गएर पहल गर्ने प्रतिवद्धता जनाए ।

1 COMMENT

  1. चोरवा किन गएको छ।
    अझै मदेशी जनता सग लुटेर हुदैनन्

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here