समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
जनकपुरधाम, १४ पुस ।
मंसिर २७ गते सम्पन्न सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको फोहोरले कुरुप जनकपुरधामको एेतिहासिक रंगभूमि मैदान बाह्रविघाको शनिवार सरसफाई गरिएको छ ।
विवाहपञ्चमी मोत्सव र भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको स्वागत सत्कारमा जानकी मन्दिर र प्रदेश सरकारले तीन करोड रुपैयाँ बढी खर्च गर्दा पनि बाह्रविघा मैदानलाई भने सरसफाई नगरी कुरुप छाडेको थियो ।
विवाहपञ्चमी सकेको दुईसातासम्म सरसफाई नगर्दा जानकी मन्दिर व्यवस्थापन पक्ष, प्रदेश २ सरकार र जनकपुरधाम उपमहानगरपालिकाको व्यापक आलोचना हुँदै आएको थियो ।
तर, पनि ती सम्बन्धीत निकायले कुनै चाँसो नदेखाउँदा समाजसेवी तथा सरसफाई अभियन्ताहरुकै संयुक्त प्रयासमा शनिवार मैदानको वृहद सरसफाई गरिएको छ ।