समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । धनुषामा एक युवकले प्रेम प्रस्ताव राख्न जादा किशोरकी छिमेकीले देखेपछि भाग्ने क्रममा युवक खुट्टा भाँचिएको

शहिदनगर नगरपालिका-९ विर्ताकी एक १५ वर्षीया दलित किशोरी घरदेखि करिब डेढ किलोमिटर टाढा चोरामा पुगेकोवेला एक्लै भएको मौकाछोपी प्रेमको प्रस्ताव राख्ने क्रममा किशोरीकी दाइलाई देखेपछि त्यहाँबाट भाग्दै गर्दा युवकको खुट्टा भाँचिएको हो ।

शहिदनगर नगरपालिका-२ चोरा कोइलपुरका अकलम नदाफले गत शनिबार दिउँसो एक बजे किशोरीलाई प्रेमको प्रस्ताव राखेका थिए । किशोरीले अस्वीकार गरिन् त्यसपछि नदाफले आफूलाई किशोरीकी दाइको कुटाइबाट खुट्टा भाँचिएको भनेर इलाका प्रहरी कार्यलय यदुकूहामा निवेदन दिए ।

प्रहरीले निवेदनको आधारमा किशोरीको दाइ लालकुमार सदालाई नियन्त्रणमा लिई थप अनुसन्धानको गर्दै पीडित युवतीलाई कार्यलयमा बोलाएर सोधपुछ गर्दा आफूलाई अकमल नदाफले प्रेमको प्रस्ताव राख्दै मेरो मोबाइल नम्बर मागे मैले उनको प्रस्ताव अस्विकार गरिन् त्यहीँ क्रममा दाइलाई देखेपछि भाग्ने क्रममा खुट्टा भाँचिएको प्रहरी समक्ष बयान दिएपछि प्रहरीले छाडिएको प्रहरी इन्चार्ज दिपक केसीले बताए ।

नदाफ भाग्ने क्रममा आफैं खुट्टा भाँचिए पनि जबर्जस्ती किशोरीको दाइलाई फँसाउन खोजेपछि किशोरीको अभिभावकले नदाफ माथि जबर्जस्ती करणीको प्रयास गरेको भन्दै प्रहरीमा निवेदन दिएको खुलिएको छ ।

खुट्टा भाँचिएका नदाफ अहिले ललितपुरका बि एण्ड बि अस्पतालमा उपचाररत छन् ।

हामीले यस विषयमा प्रहरी इन्चार्ज केसी सँग घटना मिलाउन कतैबाट दबाब आएको हो भन्दै प्रश्न सोध्दा उनले भने “हामीलाई कतैबाट केही दबाब आएको छैन् हामी कसैको प्रभाव नपरी पीडितलाई उच्च प्राथमिकता राखेर घटनालाई अनुसन्धान गरेको गरिरहेका छौं र पीडितकी अभिभावकलाई रित पुर्वक किटानी जाहेरीको लागि आग्रह समेत गरिएका छौं “

दुवै पक्षबाट निवेदन परेको छ हामी घटनाको सूक्ष्म अनुसन्धान गरिरहेका छौं निर्दोष फसिदैन दोषी कुनै पनि हालतमा उम्कन दिनौं प्रहरी इन्चार्ज केसीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here