समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


काशिन्द्र शर्मा

सन २६९ को १४ फेबररी

काशिन्द्र शर्मा

प्रेम दिवस अर्थात् ”भ्यालेन्टाइन डे” हरेक बर्र्ष १४ फेब्रुअरीका दिन मनाइने गरिन्छ । युवा–युवतीले एकआपसमा प्रेम प्रकट गर्ने दिन, आफुले मन पराएको केटा वा केटीलाई प्रेम प्रस्ताव राख्ने दिन । आङ्खनो प्रेम र प्रस्तावप्रति विश्वस्त हुनुहुन्छ भने तपाईंको लागि उपयुक्त दिन १४ फेब्रुअरी हुन सक्छ ।

तेस्रो शताब्दीको अन्त्यतिर रोमबाट प्रारम्भ भएको यस भ्यालेन्टाइन डे को इतिहासलाई फर्केर हेर्दा एकजना रोमका सम्राटले नारीस“गको सम्बन्धका कारण्ँ सुरक्षाकर्मीहरु मार्फत गोप्य कुराहरु बाहिर जाने डरले प्रेम र विवाहमा रोक लगाउने आदेश जारी गरे । सम्राटको आदेशलाई एकजना सन्त भ्यालेन्टाइन नामका व्यक्तिले उल्लङघन गरेको थियो । एकजना सर्वसाधारण्ँले आङ्खनो आदेशको उल्लङघन गरेको कारण्ँ सम्राटलाई सह्य भएन र उक्त व्यक्ति भ्यालेन्टाइनलाई मृत्युदण्ड दिए । उनलाई मृत्युदण्ड दिइएको दिन १४ फेबुअरीमा संसारमा ”भ्यालेन्टाइन डे’ मनाउने प्रचलनको आरम्भ भएको हो ।

त्यसै समयदेखि महान् प्रेमी भ्यालेन्टाइनको सम्झनामा प्रत्येक बर्ष फेब्रुअरी १४ का दिन विश्वका करोडौं प्रेमी प्रेमिकाले प्रेम दिवसका रुपमा मनाउने यस भ्यालेन्टाइन डे अहिले आएर विश्वव्यापी मान्यता पाएको यस दिवसले नेपाली युवामा समेत जरो गाडीसकेको छ । देश र संस्कृतिको सीमा नाघ्दै नेपाली युवा माझ लोकप्िरयता पाएको छ । प्रेमी–प्रेमिकालाई मनपर्ने उपहार, फूल, कार्ड आदान प्रदान गर्नुका साथै प्रेमको पहिलो प्रस्ताव राख्ने उपयुक्त अवसरका रुपमा यस दिनलाई लिइन्छ ।

सर्च इन्जिन गुगल खोजमा ”भ्यालेन्टाइन डे” खर्च गर्दा १७ करोड ३० लाख भन्दा बढि नतिजा देखाउ“छ भने लाखौं पेजले मायाको परिभाषा दिएका छन् । प्रेमको परिभाÈा जति गरे पछि अपूरो नै हुन्छ । अंग्रेजी साहित्यमा पिएचडी गर्दै गरेकी श्रीमति सुमित्रा घिमिरे भन्छिन्– ””मायालाई परिभाषामा बाँध्नै सकिँदैन ।”” आजभोलिका युवावर्गहरुले मायाप्रेमलाई जुन कोण्ँबाट हेरिन्छ, त्यहि अनुसारको अनुभूति हुन्छ । अहिलेको युवा जमात भौतिक नजरले हेर्छ, त्यसैले उपहारमा साट्छ माया र त्यसैमा अनुभव गर्छ । उहा“ थप्छिन् । त्यसैको परिण्ाँम हुन सक्छ ।

यस दिवसको अवसरमा संसारभरि कार्ड र गिङ्खट पसलहरुमा प्रेमी प्रेमिकाको भीड लागेको हुन्छ । नेपालमा पनि बढी जसो सहरी भागमा यसको चहल पहल बढेको पाइन्छ । राजधानीको मुख्य भागहरु जस्तैः न्यूरोड, पुतलीसडक, घण्टाघर, खिचापोखरी, दरवारमार्ग, लगनखेल, भाटभटेनी लगायतका स्थानमा खोलिएका गिङ्खट पसलहरुमा यो समयमा निकै ठूलो भीड लाग्ने गरेको पाइन्छ ।

”भ्यालेन्टाइन डे” जति नजिकिइदैंछ, फूल तथा कार्ड व्यवसायीहरु आङ्खनो पसल सजाउन उत्तिकै उत्साहित भएका छन् । न्यूरोडको ”हलमार्क कार्ड एण्ड गिङ्खट सप” का व्यापारी भन्छन्, ”हाम्रो कमाई राम्रो हुने समय भनेकै भ्यालेन्टाइन डे हो ।” भ्यालेन्टाइन डे धुमधामका साथ मनाउने मध्ये बढी जसो दसजोड दुई र क्याम्पस पढ्ने विद्यार्थी भएको खिचापोखरी ”आचिर्ज” का व्यापारी बताउ“छन् । ”यो समयमा उपहार छनौट भन्दा युवा–युवतीहरु आकर्षक प्याकिङग चाहन्छन् ।”

भ्यालेन्टाइन डे लाई उपहार मार्फत प्रेम साटासाट गर्ने पर्वको रुपमा लिएकी छन्, धापासीकी कोहिनूर गुरुङगले । तर, यो दिन आत्मिय दिन भएकोले परिवारका सदस्य संगै बसेर मनाउने उनको सोचाई छ । विशेषगरि यसदिन आफूले चाहना गरेकोलाई प्रेम प्रस्ताव राख्नु यसदिनको विशेषता नै हो, यसदिन कुनै पनि युवा अथवा युवतीले एक आपसमा विना कुनै सङकोच प्रेम प्रस्ताव राख्न सक्छन् ।

प्राइम कजेलका छात्रा निर्जला प्रधानको प्रेम दिवसबारे सकारात्मक धारण्ँ छ । भ्यालेन्टाइन डे एउटा पर्व हो, हरेक बर्ष आङ्खनै महìव छ, उनी भन्छन् । उनले सो दिन आङ्खनी प्रेमिकासँग मनाउने कार्यक्रम बनाइसकेका छन् ।

एक एफ.एम. रेडियोको मनोरञ्जनात्मक कार्यक्रम सञ्चालक (आर.जे.) रामकृष्णँ बजगाइ“ तेस्रो शताब्दीदेखि चल्दैआएको उपहार आदान प्रदान गर्ने चलनले विश्वभरी महत्व पाएको बताउँछन् । यस्ता कुराले संस्कृति बिगार्यो बिगारेन भन्दा पनि अरुको अहित नगर्नु नै प्रमुख भएको उनी थप्छन् । सो दिन आङ्खनै कमाईले प्रेमिकासँग डेटिङग जाने उनी बताउ“छन् ।

त्रिभुवन विश्वविद्यालयमा स्नानतकोत्तर अध्ययनरत हरि लम्सालको विचारमा भ्यालेन्टाइन डे ले नेपाली संस्कृतिमाथि अतिक्रमण गरेको आरोप छ । उनका अनुसार यस दिनको प्रभावले वसन्त पञ्चमीको आकर्षणलाई कम र ओझेल गरेको छ । सञ्चार माध्यमले वसन्त पञ्चमीको दिनलाई प्रेम दिवसको रुपमा प्रचार गरे यसको महत्व बढ्ने उनको धारण्ाँ छ । पाल्पाको रानीमहल, काठमाडौंको रानीपोखरी पनि प्रेमको प्रतिकका रुपमा लिइन्छ । फागुपूण्ँिर्मालाई प्रेम, सद्भाव बाँड्ने पर्वको रुपमा लिइन्छ । तर यी सबैलाई ओझेल पारिएको उनको आरोप छ ।

त्यस्तै धारण्ाँ अधिवक्ता सुमन ताम्राकारको छ । उनको विचारमा भ्यालेन्टाइन डे वकबास र पश्चिमी संस्कृतिको नक्कल बाहेक केही होइन । अहिलेका युवा युवतीमा हाम्रो चाड पर्वको चर्चा छैन, तर भ्यालेन्टाइन डे का बारेमा विज्ञ छन्, हामी आङ्खनो थुप्रै मौलिक संस्कृतिलाई जोगाउनु पर्छ यसको जिम्मा आजका युवापी“ढीले लिनु पर्छ ।

तर, अर्की महिला शिक्षिका सुश्री निलम प्रधान भने भ्यालेन्टाइन डे लाई सकरात्मक रुपमा लिन्छिन्– “हाम्रो पालामा पनि भ्यालेन्टाइन डे भइदिएको भए कस्तो राम्रो हुन्थ्यो । हाम्रो पालामा चिठ्ठी लेखेर, आ“खा आ“खा जुधेर प्रेम हुन्थ्यो । अहिले सोझै फूल दिएर प्रेमको निवेदन गरिन्छ । यसलाई सकरात्मक रुपमा लिनुपर्छ ।“

भ्यालेन्टाइन डे मनाउनुमा अप्ठेरो छैन, तर हाम्रो संस्कृतिको संरक्षणमा समेत ख्याल राख्नुपर्ने सबैको धारण्ँ रहिआएको छ । भ्यालेन्टाइन डे मा प्रेम–प्रेमिकाबीच सबैभन्दा धेरै रातो रङगको गुलाफको फूल आदान–प्रदान हुन्छ । यो दिन विश्वभरी करोडौं डलरको गुलाफको फूलको व्यापार हुने गर्दछ ।

नेपालमा पनि यसदिन हजारौं गुलाफको फूल विक्री हुने गर्दछ । पुतलीसडकको एक गिङ्खट पसलका सुमन मानन्धर भ्यालेन्टाइन डे का अवसरमा आङ्खनो निकै गिङ्खट आइटमहरु जाने बताउ“छन् । भ्यालेन्टाइन डे सुरु हुनु पर्ूवका ३–४ दिन अघिदेखिनै पसलमा निकै घुइ“चो हुने र सो दिनमात्र करिब ५०० वटा गुलाफको फूल बिक्री हुने गर्दछ । उता त्रिपुरेश्वरको फूल व्यापारी मुन्ना शाहका अनुसार आङ्खनो फूल दोकानबाट मात्र यस भ्यालेन्टाइनका दिन १ हजारभन्दा बढी गुलाफको फूल विक्री हुने बताउ“छन् ।

कुन रंगको गुलाफको फूलको प्रतिक के हो यसबारेमा केही जानकारी लिने हैन –

रातो गुलाफः शान्ति, प्रेमको प्रतिक


रातो गुलाफ प्रेम र मनोभावनाको प्रतिक हो । भ्यालेन्टाइन डे मा सबैभन्दा धेरै रातो रङगको गुलाफ आदान–प्रदान हुन्छ । यसलाई प्रेम–प्रस्तावका रुपमा प्रदान गरिन्छ । फूल स्वीकार गर्नु प्रेम प्रस्ताव स्वीकार गरेको कुराको प्रतिक हो ।

गुलाफी गुलाफः मित्रता र मुटुको धड्कनको प्रतिक

यो रङगको गुलाफ मित्रता र मुटुको धड्कनको प्रतिक मानिन्छ । भ्यालेन्टाइन डे मा गुलाफी रङगको गुलाफ दिनुको अर्थ मेरो मुटुको धड्कन अब तिम्रो लागि मात्र धड्की रहेको छ भन्नु हो । अर्थात् मेरो मुटु तिम्रो लागि हो ।


पहेलो गुलाफः मित्रताको प्रतिक

पहेलो गुलाफ मित्रताको प्रतिक मानिन्छ । ङ्खरेण्डशीप डे’ अर्थात् मित्रता दिवसका दिन पहे“लो गुलाफ प्रदान गरिन्छ । तर, पनि हिजोआज मित्रताको प्रतिकका रुपमा भ्यालेन्टाइन डे मा पनि यसको प्रयोग हुन थालिसकेको छ ।

सेता गुलाफः सा‌चो प्रेम र स्वच्छ हृदयको प्रतिक

सेतो गुलाफ सा“चो प्रेम र स्वच्छ हृदयले दिइन्छ । भावुकताले भरिएको सन्देश दिनमा सेतो गुलाफले महत्वपूणर््ँ भूमिका खेल्छ ।

कालो गुलाफः बिदाईको प्रतिक

कालो गुलाफ बिदाईको प्रतिक मानिन्छ । यदि कुनै कारण्ँवश प्रेम सम्बन्ध जारी राख्न सम्भव छैन भने कालो गुलाफ दिएमा आङ्खनो कार्य पुरा हुन्छ ।
प्रेम व्यक्त गर्न फूलहरु मात्र नभएर अन्य प्रतिकहरु पनि प्रचलित छन् । यस्ता प्रतिकहरु मध्ये एउटा वाण्ँले हृदय चिरेर गएको प्रतिक सबैभन्दा प्रचलित छ । प्रेमी–प्रेमिकाहरुका लागि हृदयभन्दा राम्रो प्रतिक अरु हुन सक्दैन । कसैलाई यो उपहार दिनुको अर्थ तपाईंले उसलाई र्सवस्व सुम्पन चाहनुहुन्छ भन्ने हो । यो संकेतले तपाईंको हृदय उसको प्रेमको वाण्ँले घाइते भएको छ भन्ने देखाउ“छ । प्रेम पक्षी(लर्डवर्ड) पनि प्रेमको प्रतिक हो । प्रेम–प्रेमिकाको साथ (जोडी) विना यो बस्न सक्दैन भन्ने धारण्ाँ छ ।

ख्रिष्टियन धर्मका अनुसार प्रेम पंक्षी (लर्डवर्ड) निर्मलता र प्रेमको प्रतिक हो । त्यसैले भ्यालेन्टाइन डे को दिन यसको प्रशस्त प्रयोग गरिन्छ ।

शर्मा न्युजब्युरोका प्रधान सम्पादक हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here