समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । एसराज प्रोडक्सन प्रा.ली.द्धारा जनकपुरधामस्थित तिरहुतिया गाछीमा आयोजित प्रादेशकि संगित यात्रामा शनिवार भव्यताका साथ सम्पन्न भयो ।

नेपालीसहित भोजपुरी सिनेमाका सुपरहिट कलाकालहरु उपस्थित सो कार्यक्रममा सहभागि दर्शकहरु कलाकारको प्रस्तुती हेरेर झुमेनै । कार्यक्रममा मधेशका एक चर्चित कलाकार गायक सन्नु कुमारले त झन दर्शकलाई नचाएनै । सन्नु कुमार मधेशका एक चर्चित गायक हुन र तीनले गाएको गितहरु दर्शक माझ सबै हिट भएका छन् । कलालकार सन्नु कुमार आफ्नो प्रस्तुती राख्दा दर्शकहरु वन्स मोर वन्स मोर भन्दै उनको गीत सुनेर नाचेकै थियो ।

त्यसैगरी कार्यmक्रमका मुख्य केन्द्रविन्दु रानी चटर्जीले पनि दर्शकलाई उतीनै झुमाए । चटर्जीले आफ्नो अभिनय तथा नृत्यले भरिपूर्ण मनोरंजन गराउदै दर्शकलाई नाच्नै बाध्य बनाएकी थिइन्।
सम्पन्न संगित यात्रा मंसिर १४ गते हुने भनिएपनि प्राविधिक कारणबस मंसिर २१ शनिवार सम्पन्न भयो । प्रादेशिक संगीत यात्राको उद्घाटन प्रदेश २ का कानुन राज्य तथा व्यवस्थापन मन्त्रि सरोज सिंह कुशवाहाले गरेका थिए ।

कार्यक्रममा नेपाली तथा भोजपुरी गीत गाएर आफ्नो पहिचान बनाउन सफल गायिका सेलिना कुवर, संगीतकार सन्तोष राज ,गायक सन्नु कुमार, सरोज सन्त, रुद्र सेन विश्वकर्मा , कलाकार भरत शाह ,कमेडी कलाकार पूजा जनकपुबाली , पूजा ठाकुर , मन्जय अन्सारी,सरोज मुखिया, सितल कार्की,मुकेश यादव ,पुजा ठाकुर,संजिव सम्राट ,रचना शिवाकोटी ,पुष्पा यादव,लगायतका स्थानीय कलाकारहरुले समेत आ( आफ्नो कला प्रस्तुत गर्दै दर्शकलाई झुमएका थिए।कार्यक्रमको उद्घोषण सिकन्दर बाबाले गरेका थिए।

कलाकार पुष्पा यादवले दर्शकलाई बनाइन् ‘भावुक’

कार्यक्रममै मोडल पुष्पा यादबले आफ्नो एकल नाटक मंचन गरेपछि दर्शकहरु भावुक भए । खुःसी देखिएका दर्शकहरुको अनुहार मलिन बन्यो ।

अहिले पनि मधेसमा कमै उमेरमा छोरीको विहे हुन्छ र दाइजोका कारण जिउदै जलाउने गरेको विषयवस्तु समेटिएको एकल नाटक मोडल पुष्पाले प्रस्तुत गरिन् । उनले एक्लै आमा, ससुरा, छोरी र पतिको भुमिका निर्वाह गरिन् । उनको नाटकमा जब आगोमा जलिरहेको दृष्य देखाइयो अनी सबै दर्शक भावुक भएका थिए ।

यस कार्यक्रमको सम्पूर्ण भिडियो जनकपुरटाईम्सको फेसबुक पेजमा हेर्नसकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here