समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले प्रादेशिक अस्पताल जनकपुरलाई नमूना अस्पताल बनाउने गरि कार्य योजना तैयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

समाजिक विकास मन्त्री नवल किशोर साह, भूमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव रामकृष्ण सुवेदी, समाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदी सहितको टोली लिएर अस्पताल पुग्नु भएको मुख्यमन्त्री राउतले अस्पतालको सरसफाई विगतको भन्दा अहिले व्यापक सुधार भएको प्रति अस्पताल प्रशासन, स्वच्छता अभियानीलाई धन्यवाद दिनु हुँदै सरसफाई लाई निरन्तरता दिन आग्रह समेत गरे ।

उनले भने,‘ यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के के गर्न सकिन्छ, तत्कालिक, मध्यकालिक र दीर्घकालिन योजना बनाउनुस प्रदेश सरकार सहयोग गर्न तैयार छ । ’

प्रदेश सरकार प्रादेशिक अस्पताललाई प्राधिकरणमा लै जाने तैयारी थालेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन दिएको हो ।
अस्पतालमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकार तैयारी शुरु गरि सकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक लोक सेवा बाट छिटै जनशक्ति आभावको समस्या समाधान गरिने बताए ।

सो अवसरमा मुख्यमन्त्री राउत, समाजिक विकास मन्त्री साह र मुख्य न्यायाधिवक्ता झाले स्वास्थ्य जाँच समेत गराएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here