समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । रौतहटमा प्रहरीले ४ हजार लिटर मदिरा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय कौबापिपरीया रौतहटबाट खटिएको प्रहरीको टोलीले अबैध रुपमा संचालन गरेको ४ वटा भट्टि पसलबाट तयारी अवस्थामा रहेको २ सय लिटर मदिरा र ४ हजार लिटर कच्च पदार्थ बरामद गरी नष्ट गरेको छ ।

प्रहरीले कच्चा पदार्थ र मदिरा सहित मदिरा उत्पादन गर्ने ४ वटा मेसिन र ड्रम पनि ८ वटा बरामद गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरेको कच्चा पदार्थ तथा तयार मदिरा बरामद गरी जिल्ला प्रहरी कार्यालयमा ल्याई नष्ट गरेको जनाईएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here