समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।
दीपेन्द्रप्रसाद सिंह
जनकपुरधाम, २९ मंसिर ।
इलाका प्रहरी कार्यालय महेन्द्रनगरले अवैध दारु भठठी बन्द गर्ने अभियानअन्तर्गत शनिवारमा डेढ सय लिटर अवैध रक्सी कब्जा गरि नष्ट गरेका छन ।
धनुषाको सखुवा बजारमा वर्षौदेखि खुद्रा पसलहरुमा घरेलु उत्पादनबाट अवैध मदिरा उत्पादन गरि विक्री भई रहेको गुनासो आइ रहेकाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरले चेकजाँच गर्ने क्रममा पसलहरुबाट बरामद गरिएको अवैध रक्सी नष्ट गरेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी इन्चार्ज अमिर कुमार दाहालले जानकारी दिएका छन ।
प्रहरी निरिक्षक दाहालकै नेतृत्वमा महेन्द्रनगरको अन्य मदिरा पसलहरुमा समेत निरन्तर अवैध रक्सी विक्री गर्ने पसलहरुमा चेकजाँच गर्ने गरेको छ ।