समाचारको भिडियो हेर्नको लागि हाम्रो युट्युब च्यानल SUBSCRIBE गर्नुहोस् ।


जनकपुरधाम । प्रहरीले ५ सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालयल महेन्द्रनगरले क्षीरेश्वरनाथ नगरपालिकाको विभिन्न स्थानबाट संकलन गरेको पाँच सय लिटर अवैध घरेलु मदिरा नष्ट गरेको हो ।

प्रहरीले अवैध घरेलु मदिरा ईलाका प्रहरी कार्यालय हाताभित्र रहेको खाल्डोमा नष्ट गरिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिएका छन् ।

नायकका अनुसार बरामद गरिएको सो अबैध मदिरा स्थानिय जनप्रतिनिधी, स्थानीय तथा संचारकर्मीहरुको रोहबरमा नष्ट गरिएको जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here